चरिकोट अस्पतालका डाक्टर देबेन्द्र गौतमको पहलमा क्षेत्रपामा नि:शुल्क स्वास्थ्य शिविर हुँदैं



चरिकोट अस्पतालमा कार्यरत डाक्टर देवेन्द्र गौतमको पहलमा सनिवार जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर ८क्षेत्रपामा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने भएको छ।शिविरमा सञ्चालन हुने सेवा तथा उपचारहरु दर्जनौं रहेकाले शिविरमा सहभागी हुन् सबै बैतेश्वर वासीलाई डाक्टर गौतमले अनुरोध गरेका छन्।एक दिन चल्ने शिविरमा सामान्य चिकित्सा सेवा,सामान्य शल्यक्रिया सेवा स्त्रीरोग तथा प्रशुती रोग सेवा,छाती तथा मुटु रोग सेवा
मधुमेह,छाला रोग,मृगौला रोग,पेटको रोग, नसा तथा हाडजोर्नी सम्बन्धी सम्पुर्ण रोगको उपचार, दन्त चिकित्सा सेवा र आँखा रोगको समेत शिविर आयोजना गरिएको छ।शिविर बैतेश्वर गाउँपालिका-८को वडा कार्यलय भवन क्षत्रपामा संचालन हुने छ।शिविर बिहान
७ बजे देखि दिउँसो ३बजे सम्म चल्ने छ।शिविरमा चरिकोट अस्पतालका प्रमुख डाक्टरहरु बिनोद दङ्गाल र देवेन्द्र गौतम र अन्य २०जना स्वास्थ्य कर्मीहरुको उपस्थितिमा शिविर संचालन हुने छ।शिविर चरिकोट अस्पतालका (एम.डि)डा.देबेन्द्र गौतमको पुर्ण सहयोग तथा पहलमा आयोजना गरिएको हो।


प्रतिक्रिया दिनुहोस