औंषधि सहितको शिविरको आयोजना गर्दैं क्षेत्रपा पुगे डाक्टर गौतम,६सय जनाले गराए स्वास्थ्य जाच 



सुबास बस्नेत,दोलखाको चरिकोट अस्पतालका डाक्टर देवेन्द्र गौतमले आफ्नै पहल र सहयोगमा सनिवार ६ सय जना बैतेश्वरका स्थानीय नागरिकलाई औंषधि  वितरण गर्दै स्वास्थ्य जाच गरेका छन्।चरिकोट अस्पतालका प्रमुख डाक्टर बिनोद दङ्गाल सहित १३ जना स्वस्थ्य कर्मिको टोलि लिएर शिविर सञ्चालन गर्न बैतेश्वर गाउँपालिकाको क्षेत्रपा पुगेका डाक्टर गौतमले आफ्नै पहलमा करिब ६ सय जना वैतेश्वरका स्थानीय वासिको स्वस्थ्य जाच गर्दै औसधि वितरण गरेका छन्।गौतमको पुर्ण सहयोग आयोजना गरिएको एक दिने स्वास्थ्य सेवामा क्षेत्रपा र आसपासका करिब ६ सय जना स्थानीयले आफ्नो स्वास्थ्य जाच गराएको वैतेश्वर गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रमेश अधिकारीले जानकारी दिए।एक दिने शिविरमा चिकित्सा सेवा,सामान्य शल्यक्रिया सेवा स्त्रीरोग तथा प्रशुती रोग सेवा,छाती तथा मुटु रोग सेवा
मधुमेह,छाला रोग,मृगौला रोग,पेटको रोग, नसा तथा हाडजोर्नी सम्बन्धी सम्पुर्ण रोगको उपचार तथा औसधि वितरण , दन्त रोगको परिक्षण तथा औसधि सेवा र आँखा रोगको सम्पुर्ण जाच तथा औसधि वितरण गर्दै एक दिने शिविर सम्पन्न भएको वडा अध्यक्ष अधिकारीले जानकारी दिए।शिविर सञ्चालन गर्न पुर्ण सहयोग गरेको भन्दै डाक्टर गौतम र उनको स्वास्थ्य कर्मीको टिमलाई वडाले संमान समेत गरेको छ।डाक्टर गौतमले आगामी दिनमा पनि जिल्लाका अन्य विकट गाउँमा पनि नागरिक लक्ष्यित स्वास्थ्य शिविर आयोजना गर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस