दशैँ तिहारको अफर हवाई जहाज चढेजस्तै महसुस : काठमान्डौ देखि काँकटभित्ता सम्म बुलेट एसि बस सञ्चालनमा



नबिन सुनुवार । काठमान्डौ – दशैँ तिहारलाई लक्षित गर्दै काठमाण्डौँ देखि काँकटभित्ता सम्म बुलेट एसी बस सञ्चालनमा आएको छ ।

कोभिडको महामारीलाई ध्यानमा राख्दै सुरक्षाको मापदण्ड सहित बस भित्रै प्राथमिक स्वास्थ्य उपचारको सेवा सहित बस सञलनमा आएको हो । बुलेट एसी प्रा.लि.ले देशभरका ७ सहरका लागि उक्त बस सञ्चालनमा ल्याएको हो ।

अत्याधिक सेवा सुबिधाहरु रहेको बस लगभग ७ करोड रुपैँयाको लगानीमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सामान्य रुघाखोकीका बिरामी भएकाहरुलाइ निशुल्क औषध समेत बितरण गरिने भएको छ ।

काठमाण्डौँको जोरपार्टी,चाबहिल गौशाला,कोटेश्वर र सातदोबाटो हुँदै धरान,बिराटनगर देखि काँकडभित्ताको लागी सुबिधा सम्पन्न इएर सस्पेन्शन एसीबस सञ्चालन हुने छ । बुलेट बसमा यात्रा गर्दा हवाई जहाज चढेजस्तै महसुस हुने र सुबिधा पनि उस्तै रहेको दाबी कम्पनीको छ ।
बुलेट बसमा यात्रा गर्न यात्रुले अनलाईन तथा बुकिङ काउण्टरबाट टिकट लिन सकिनेछ । उक्त एयरबस ३९ सिट क्षमताको रहेको छ ।


प्रतिक्रिया दिनुहोस