बैतेश्वरको मार्बुमा ल्याव र बर्थीङ सेन्टर सहितको१०बेडको आधारभुत स्वास्थ्य केन्द्र निर्माण हुँदै



सुबास बस्नेत,जिल्लाको बैतेश्वर गाउँपालिका-७ मार्बुमा बर्थीङ सेन्टर र ल्याव सहितको१०बेडको आधारभुत स्वास्थ्य केन्द्र निर्माण भइरहेको छ।ग्रामीण भेगका महिला तथा पुरुषलाई स्वास्थ्यमा पहुँच दिने उद्देश्यले वडामा १०बेडको स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको हो।लामो समय देखी गाउँबाट टाढा रहेका अस्पताल पुगेर सुत्केरी गराउदैं आएका महिलाहरुलाई गाउँमै सो सेवा उपलब्ध गराउने उदेश्यले ल्याव र बर्थीङ सेन्टर स्थापना गर्न १० बेडको स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको वडा अध्यक्ष रेशम राजस्वराज रिमालले जानकारी दिए।गाउँका स्थानीय नागरिक तथा महिलालाई लक्ष्यित गरेर प्रदेश सरकार र केहि सहयोगी संस्थाको सहयोगमा ल्याब र बर्थीङ राख्नलाई १० बेडको स्वास्थ्य केन्द्र निर्माण भइरहेको रिमालले बताए।भवन निर्माण गर्ने प्रदेश सरकारको ६० लाख अनुदान रहेको छ भने,सहयोगी बिकास समाज नेपालको थप ६० लाख आर्थिक सहयोगमा भवन निर्माण गर्न लागिएको हो।हाल सो भवन निर्माणको काम तीब्र गतिमा भइरहेको छ।भवन निर्माणको जिम्मा वडाले गाउँका स्थानीय उपभोक्तालाई दिएको छ।भवनको निर्माण गतजेठ देखी सुरु गरिएको हो।उपभोक्ता समितिले आगामी माघमा भवनको निर्माण सम्पन्न गरेर वडालाई हस्तान्तरण गर्ने जनाएको छ।बर्थीङ सेन्टर निर्माण भएपछि सो वडाका दर्जनौं गर्भवती महिलाले गाउँमै स्वास्थ्यको उपभोग गर्न पाउने छन्।त्यसैगरी स्वास्थ्य केन्द्रमा राखिने ल्यावबाट ग्रामीण भेगका नागरिकले नि:शुल्क स्वास्थ्य सेवाको उपभोग गर्न पाउने छन्।


प्रतिक्रिया दिनुहोस