वडा कार्यालयमा वडाध्यक्ष नभएपछि एक युवकद्रारा कार्यालयमा आगजनी ।



नबिन सुनुवार । सुर्खेत- वडा कार्यालयमा अध्यक्ष नभएको भन्दै सुर्खेतमा एक युवकले वडा कार्यालयमा पेट्रोल छर्केर आगो लगाएका छन् ।

युबकले कार्यालय समयमा पनि वडाध्यक्ष नभएको भन्दै रिसले कार्यालयमा आगो लगाएका हुन् । स्थानीय वास्ताम लामिछानेले आगो लगाएको प्रहरीले जनाएको छ ।

आगजनीबाट कार्यालयमा भएको कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको वडाध्यक्ष गंगाराम सुनारले बताएका छन् । वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष सुनार हिजो बिहान एक कार्यक्रममा सहभागी हुन बिहान ८ बजे राजधानी आएका थिए ।
प्रहरीले ति युवकलाई अझै नियन्त्रणमा भने लिन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार उनको खोजी कार्य भइरहेको छ । घटननाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस