नेपाली काँग्रेस दोलखाको क्षेत्रीय तथा जिल्ला अधिवेशनको तयारी पुरा



नेपाली काँग्रेसको क्षेत्रीय तथा जिल्ला अधिवेशनको तयारी पूरा भएको छ।पार्टीको १४औं महाधिवेशन अन्तर्गत क्षेत्रीय तथा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेपाली काँग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्काले सोमबार प्रेस युनियन दोलखाले स्थापना गरेको   नन्द प्रसाद शिवाकोटी स्मृति पुरस्कार घोषणा कार्यक्रमको अवसरमा जानकारी दिए ।
हिमाली जील्लामा पर्ने दोलखामा दुई प्रदेश सभा क्षेत्रको क्षेत्रीय अधिवेशन असोज १२ गते तथा जिल्ला अधिवेशन असोज १५ गते सम्पन्न हुने नेपाली काँग्रेस दोलखाले बताएको छ । स्थानीय तहहरु अन्तर्गत आठ स्थानीयतहमा सर्वसम्मत रुपमा नेतृृत्व चयन गर्दै पालिका अधिवेशन सम्पन्न भइसकेको छ भने कालिञ्चोक गाउँपालिकामा भने नेतृत्वमा सर्वसम्मति हुन नसक्दा बाँकी रहेको छ।जिल्ला अधिवेशनमा करिब१५ सय क्षेत्रीय प्रतिनिधिले भाग लिँदै छन् ।


प्रतिक्रिया दिनुहोस