कांग्रेस दोलखा प्रदेश क,-सभापतिमा शुक्र तामाङ निर्विरोध



नेपालि कांग्रेस दोलखाको १४औँ महाधिवेशन अन्तर्गत आज जारी महाधिवेशनले दोलखा प्रदेश क,को क्षेत्रिय सभापतिमा बैतेश्वरका शुक्र तामाङ सर्वसम्मत निर्वाचित भएका छन्।मंगलबार बाट सुरु भएको प्रदेश `क´ को अधिवेशनले तामाङलाई निर्विरोध सभापतिमा चयन गरेको हो।त्यसैगरी क्षेत्रिय उपसभापतिमा गैरिमुदी-१ का सुबास तामाङ र जिरी नगरपालिकाका दोर्जी शेर्पालाई सर्वसम्मत चयन गरेको छ।समितिको सचीवमा तामाकोशी गाउँपालिका-१ भिरकोटका बिसाल कार्की र गौरीशंकर-६ का नोर्बु शेर्पा लाई चयन गरेको छ भने सहसचिवमा मेलुङ गाउँपालिका-४ कि बिन्दुसागर गोले र तामाकोशी गाउँपालिका-७ का रबिचन्द्र सुनुवार निर्विरोध निर्वाचित भएका छन्।अधिवेशनले सर्वसम्मत शुक्र तामाङको सभापतित्वमा २७ कार्यसमिति चयन गरेको क्षेत्रिय निर्वाचन समितिले जनाएको छ।त्यसैगरी प्रदेश प्रतिनिधिना संख्या भन्दा बढी आवेदन परेकाले प्रतिनिधि छनोटमा सहमति हुन नसक्दा निर्वाचन हुने भएको छ।प्रदेश प्रतिनिधिमा विभिन्न कोटामा १७ जना चयन गर्नुपर्ने भएपनि संख्या भन्दा बढीले आवेदन दिएकाले निर्वाचन प्रक्रिया बाट छनोट गर्ने अवस्था आएको कांग्रेस दोलखाले जनाएको छ।त्यसैगरी प्रदेश `ख`को पनि अधिवेशन जारी रहेको छ।


प्रतिक्रिया दिनुहोस