कांग्रेस दोलखा क्षेत्र-१ प्रदेश प्रतिनिधिमा पारस तामाङ अत्यधिक मतले विजयी



नेपाली कांग्रेस दोलखाको १४औँ महाधिवेशन अन्तर्गत क्षेत्रिय महाधिवेशन प्रदेश प्रतिनिधि छनोटको लागी मंगलबार भएको चुनावमा प्रदेश सभा क्षेत्र १ को प्रदेश प्रतिनिधिमा सबैभन्दा बढी मत प्राप्त गर्दै पारस तामाङ बिजयी भएका छन्।बैतेश्वर गाउँपालिका गैरिमुदि स्थायी घर भएका तामाङले कुल ७ सय मत मध्ये ४ सय ७८ मत ल्याएर बिजय भएको उनका भाइ सुबास तामाङले जानकारी दिए।२०५० साल देखी कांग्रेसको सक्रिय कार्यकर्ता बनेर राजनीति गर्दै आएका तामाङले अन्य प्रतिस्पर्धीको भन्दा बढी मत ल्याउन सफल भएका हुन्।तामाङको सहपरिवार कांग्रेस रहेको छ। तामाङले प्रदेश महाधिवेशन प्रतिनिधि खुलामा ४सय ७८मत ल्याउदा श्याम प्रसाद उप्रेतीले ३ सय ६७ मत ल्याएका छन्।त्यसैगरी चन्द्र गणेश काफ्लेले ३ सय ४८,सुदर्शन कार्कीले ३ सय ४१,कृष्ण गोपाल केसीले ३ सय ३५, पुष्कर बहादुर कार्कीले ३ सय २३ र भिम खड्काले ३ सय २ मत प्राप्त गर्दै जित हासिल गरेका छन्। त्यसैगरी प्रदेश महाधिवेशन प्रतिनिधी खसआर्य तर्फ राज कुमार खड्का र ङरहरी फुयाँल बिजयी भएका छन्।त्यसैगरी जिरिका कुमार जिरेल पनि प्रदेश प्रतिनिधिमा बिजयी भएका छन्।


प्रतिक्रिया दिनुहोस