काँग्रेस दोलखाको१४औँ महाधिवेशनमा विद्यार्थी नेताहरुको उम्मेदवारी



नेपाली काँग्रेस दोलखाको अधिवेशनमा अधिकांस नेपाल विद्यार्थी संघका नेताहरुले जिल्ला कार्य समिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन ।नेपाली काँग्रेसको जारी १४औ महाधिवेशनमा दोलखा जिल्लाका विद्यार्थी नेताहरु युवा नेतृत्वको लागि अगाडि आएका छन । आसन्न अधिवेशनमा  कालिन्चोक गाउँपालिका बाट नवराज पाठक,गौरीशंकर गाउपालिका बाट बिमल आचार्यले र जिरि नगरपालिबाट मकर तमाङले उम्मेदवारी दिएका हुन।नवराज पाठक जिल्ला कार्यसमिति सचिव,बिमल आचार्य जिल्ला कार्य समिति सदस्य र मकर तमाङ क्षेत्र नं १ का क्षेत्रीय सभापति हुन।त्यसैगरी नेविसंघ अध्यक्ष भिम खड्काले क्षेत्र १ को प्रदेश  प्रतिनिधिमा बिजय हासिल गरिसकेका छन्
नेपाल विद्यार्थी संघबाट पार्टी राजनीतिमा प्रवेश गर्दै नेपाली काँग्रेसलाइ उर्जा थप्ने विश्वास रहेका नेताहरुले बताएका छन ।विद्यार्थी नेतालेहरु भूगोल तर्फ उम्मेद्बारी रहने बताएका छ।उनीहरु भन्छन् अग्रजलाइ सम्मान र युवालाइ प्रोत्साहन गर्नु पर्ने आवश्यकता वर्तमान अवस्थामा रहेको मकर तमाङले बताए।त्यसैगरी विद्यार्थी नेता पर्वत खतिवडाले पनि जिल्ला कार्यसमिति सदस्यमा आफ्नो उम्मेद्बारी घोषणा गरेका छन्अधिवेशनमा पाल्नुभएका सम्पुर्ण प्रतिनिधिहरुलाइ सहयोग गरेर बिजय गराइदिन लागि विद्यार्थी नेताहरुले अपील गरेका छन ।नेपाली कांग्रेस दोलखाको जिल्ला अधिवेशन शुक्रवार बाट सुरु हुँदै छ्।


प्रतिक्रिया दिनुहोस