कांग्रेस दोलखाको उपसभापतिमा अत्याधिक मतले छबि लामा विजयी



सुबास बस्नेत,नेपाली कांग्रेस दोलखाको १४औँ जिल्ला अधिवेशनमा भएको निर्वाचनले कांग्रेस दोलखाको पार्टी उपसभापतिमा बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा अत्यधिक मतले बिजयी भएका छन।नेता लामाले अन्य प्रतिस्पर्धिको भन्दा बढी मत ल्याएर बिजय हासिल गरेका हुन्।उनले ८ सय १८ मत प्राप्त गरेका छन्।त्यसैगरी कांग्रेस दोलखाको उपसभापतिमा अर्जुन शिवाकोटीले पनि विजय हासिल गरेका छन्।गत सनिवार र आइतबार भएको मत दानको अन्तिम नतिजा सार्वजनिक भए संगै लामा र शिवाकोटी उपसभापतिमा निर्वाचित भएका हुन्।लामाले ८ सय १८ मत प्राप्त गरेका छन् भने शिवाकोटीले ७२० प्राप्त गर्दै बिजय हासिल गरेका हुन्।त्यसैगरी लामा र शिवाकोटीका निकटतम प्रतिस्पर्धी छविलाल मोक्तानले ७ सय ५ र कृष्णबहादुर खड्काले ६०७ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस