जिरीमा बागमती प्रदेश स्तरीय भलिबल च्याम्पियनसिप कात्तिक दोस्रो साताबाट हुने



दाेलखा – युवा संजाल जिरीको आयोजनामा कात्तिक दोस्रो साताबाट ‘जिरी च्याम्पियनसिप’ बागमती प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने भएको छ ।

जिरी टेक्निकल विद्यालयको कोर्टमा हुने प्रतियोगिता कात्तिक १२ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइने र टिमको दर्ता शुल्क ५ हजार रुपैया रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ हात पार्नेछन् । त्यस्तै सर्वाेत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, लिफ्टर र डिफेन्डरले समान ५ हजार रुपैयाँ पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस