एकीकृत फ्रेण्डसिप साकाेस जिरीकाे साताैं वार्षिक साधारणसभा सम्बन्धी सूचना!



जिरी – दाेलखाकाे जिरी स्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाकाे यहि मिति २०७८ साल आश्विन ११ गते बसेकाे सञ्चालक समितिको ४५ आैँ पुर्ण बैठकले संस्थाको विनियम २०७७ काे दफा २७ (क) ले दिएको आधिकार प्रयोग गरी नेपाल सरकार भुमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय,सहकारी विभागको मिति २०७८ साल आश्विन ८ गतेकाे च.न.२३४ काेे सुचना अनुसार संस्थाको साताैँ वार्षिक साधारण सभा तपशिलका मिति,समय र स्थानमा आयाेजना गर्ने निर्णय भएकोले सम्बन्धि क्षेत्रमा यहाँको अनिवार्य उपस्थितिकाे लागि सम्पूर्ण सदस्य महानुभावहरुलाई हार्दिक अनुरोध गरिन्छ ।

उपस्थिति हुने कार्यालयहरु:-

(१)प्रिति सेवा केन्द्र,बेताली सेवा केन्द्र,रस्नालु सेवा केन्द्र

मिति/समय/स्थान:- २०७८ कार्तिक ०६ गते बिहान १० बजे (सेवा केन्द्रकाे प्राङ्गण)

उपस्थिति ताेकिएकाे क्षेत्र:- उमाकुण्ड गाउँपालिका का सम्पूर्ण वडाहरु,गोकुलगङ्गा गा.पा. वडा नं ४, ५ र ६ का सम्पूर्ण वडाहरु,गोकुलगङ्गा गा.पा. ३ को भुजीडाडा, पात्ले, माझगाउ, सिमवारी, विरौटा, खोलाखर्क, झोरीनी, कागते, सकें, दोभान, माथिल्लो दार्खा, तल्लो दार्खा भिमसेनस्थान, बिमिरे ।

(२)गर्जाङ सेवा केन्द्र,ठोसे सेवा केन्द्र,माली सेवा केन्द्र

मिति/समय/स्थान:- २०७८ कार्तिक ०७ गते बिहान १० बजे (सेवा केन्द्रकाे प्राङ्गण)

उपस्थिति ताेकिएकाे क्षेत्र:- गोकुलगङ्गा गा.पा. १ को ठोसे सेवा केन्द्र भन्दा बाहेक, जिरी न.पा १ पुरै र २ को सेती देवी प्रा. वि. सम्म,गोकुलगङ्गा गा.पा. २ पुरै १ को शिवालय, सांङवा डाडा, जिरी न.पा. ३ को लामाटार, हाडी खोला, घुन्सा फेदी र दोभान आलडाडा, बाबियाडांडा, बजिनीटार, तारेभिर, खरायोबन, तल्ली माथिल्लो ब्यास, काप्सा,कुथामे र टोक्सेल ।

(३)गौरव सेवा केन्द्र,जिरी खिम्ती सेवा केन्द्र,सुइरे सेवा केन्द्र

मिति/समय/स्थान:-२०७८ कार्तिक ०८ गते बिहान १० बजे
(सेवा केन्द्रकाे प्राङ्गण)

उपस्थिति ताेकिएकाे क्षेत्र:- कुने, रातमाटे, जाम्दाक, रातमाटेको ताक्पा, छहारी, चित्रे, किटीखासा, मेक्या, बगरडाडा,छाँगेर बेटिश्वारा, गोकुलगङ्गाको दिकी, दाब्रे, पुरानवारी, खरीखोला, बाम, धारापानी, सिधुप, सुके, ओखें, बुके, मझुवा, सोत्रे, जिरी न.पा. ३ को कात्तिके, तल्लो सिउरानी, घैलेश्वारा, र माथिल्लो सिउरानी,च्यामली, सुईरे, सोरदुम, लकवा, सेतो घर टोल, खरायोवन, खासा, भकीम्ले, पुरानो गाँउ,हिले, त्रीशुले, फुलपिङ, आरुबोटे, धनमाले बलारी, ग्यालापु, पखेरे, रम्बुले, खोल्मे,कोहलडांडा, चिपचिपे, किसे, खोलाखर्क, डांडाखर्क, लेख खर्क, सल्ले टोल।

(४)चरिकोट सेवा केन्द्र

मिति/समय/स्थान:-२०७८ कार्तिक १० गते बिहान १० बजे
(हाम्रो रेडियो सभाहल,चरिकोट,चरिध्याङ)

उपस्थिति ताेकिएकाे क्षेत्र:- भिमेश्वर नगरपालिका र वैतेश्वर गाउपालिका का सम्पूर्ण वडाहरु

(५) मेलमिलाप सेवा केन्द्र

मिति/समय/स्थान:-२०७८ कार्तिक १० गते बिहान १० बजे
(सेवा केन्द्र प्राङ्गण)

उपस्थिति ताेकिएकाे क्षेत्र:- हाटडाँडा, तल्लो सिक्री, माथिल्लो सिक्री, खावा, कलङ, बुलडाडा, यास, अस्तला, पात्ले, टसिता, तल्लो माथिल्लो कोट, घुन्सा, सिजेल, रेन्जे, चेप्टे पाटीटार, ठुकडाडा, गिर्दे, कुडार र सेरल्पा ।

(६)मुख्य कार्यालय

मिति/समय/स्थान:- २०७८ कार्तिक ११ गते बिहान १० बजे(मुख्य कार्यलयकाे प्राङ्गण)

उपस्थिति ताेकिएकाे क्षेत्र:- राते, भण्डार, जिरी बजार, ढुङ्गे, ढुड्गेको ताक्पा, बोदले, बाघखोर, पटासे, रोशी, एलुङ,सर्वखासा, बुकिनी, क्षेरमादिङ, भिरखक, माली, स्यावा, चाके, ल्होसा, गोम्फालुङ र फिर्के

छलफलका विषयहरु:
१. आ.व.२०७७/०७८ काे वार्षिक प्रगति प्रतिवेदन तथा आ.व.२०७८/०७९ काे कार्यक्रम प्रस्तुत,छलफल तथा पारित सम्बन्धमा।
२. आ.व.२०७७/०७८ काे आर्थिक प्रतिवेदन तथा आ.व.२०७८/०७९ काे लागि प्रस्तावित आयव्यय माथिको छलफल तथा पारित सम्बन्धमा।
३. लेखा तथा सुपरिवेक्षण समितिको आ.व.२०७७/०७८ काे आन्तरिक परिक्षण प्रतिवेदन सम्बन्धमा।
४.आ.व.२०७७/०७८ काे वार्षिक लेखापरीक्षण प्रस्तुत, छलफल तथा पारित सम्बन्धमा।
५.विनियम,संस्थागत निति एवं कार्यविधिहरु संशाेधन तथा पारित सम्बन्धमा।
६.संस्था एकिकरण सम्बन्धमा।
७.आ.व.२०७८/०७९ काे वार्षिक लेखापरीक्षणका लागि लेखा परिक्षक तथा निजकाे पारिश्रमिक निर्धारण सम्बन्धमा।
८.साधारण सभाकाे निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनाेट सम्बन्धमा।
९.विविध

साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू:-

१. साधारण सभामा उपस्थित हुँदा मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ ।
२. साधारण सभामा उपस्थित हुने सदस्यहरुलाई यातायात र खाजा खर्च वापत कर बाहेक ५०० रुपैयाँ उपलब्ध गराईनेछ।खर्च बुझनका लागि अनिवार्य संस्थाले जारी गरेको नियमित बचत पासबुक पेश गर्नु पर्नेछ । संस्थागत सदस्यको हकमा सम्बन्धित संघसंस्थाकाे पत्र अनिवार्य पेश गर्नुपर्ने छ ।´क` र `ख´वर्गकाे परिचय पत्र भएको अशक्त वा अपाङ्ग सदस्यको परिचय पत्र सहित प्रतिनिधि उपस्थित हुन सक्नु हुनेछ ।
३. २००७ चैत्र महिना सम्मको नियमित बचत नबुझाउने सदस्यहरुले साधारण सभा अगावै बचत जम्मा गर्नुहाेला।अन्यथा यातायात र खाजा खर्च उपलब्ध गराईने छैन।

४. २०३८ असोज मसान्तमा ७० वर्ष पूरा भई गत वर्ष जेष्ठ सदस्य सुरक्षा खर्च प्राप्त नगर्नु भएका सदस्यहरुले सम्बन्धि सेवा केन्द्रमा मिति २०७८ कार्तिक ५ गते भित्रमा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी पेश गरी नाम दर्ता गर्नु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस