आज बिजया दशमी : टिकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा ।



नबिन सुनुवार । काठमान्डौ – आज विजया दशमी मान्यजनको हातबाट टीका जमरा लगाएर र आर्शीवाद लिएर मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विजया दशमीमा साइत खोजेर टीका लगाउनेको लागि बिहान १० बजेर २ मिनेटको साइत शुभ रहेको बताएको छ ।
टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । आज मान्यजन, अग्रज र आफूभन्दा ठूला व्यक्तिबाट दुर्गा भवानीको प्रसादको रुपमा टीका र जमरा लगाउने र आशीर्वाद लिने प्रचलन रहेको छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । त्यस्तै जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्तीको प्रतीकका रुपमा मनाइने विजयादशमी दशैँको महत्त्वपूर्ण दिन मध्य एक हो । आज बिहान ७ बजेर १ मिनेटमा तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराउने साइत छ ।
तुलजा भवानीलाई बिहान ८ बजेर ३२ मिनेटमा स्थिरासन गराइने साइत रहेको समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस