देशभर बुधबार सम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ ।



नबिन सुनुवार । काठमान्डौ – देशभरको मौसम पूर्ण रुपमा बदली हुन थालेको छ पश्चिमी उच्च पहाडी तथा हिमाली केही ठाउँमा हिमपातको सम्भावना सगै आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनीका धेरै ठाउँ तथा प्रदेश १/२ र वाग्मतीका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको नेपालमा संयुक्त प्रभाव परेको छ । बुधबार सम्म नै केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
केही नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहेकोले बुधबार सम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
अहिले वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ ।
मनसुन सकिएर परेको पानी जमिनले नै सोस्ने भएकाले पानी परेका ठाउँमा पहिरो जान सक्ने भएकाले सचेत रहन उहाँले आग्रह समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस