मिलिजुली कालिञ्चाेक सहकारीले सुरु गर्यो२८औँ साधारणसभा



जिल्लाको भिमेश्वर नगरपालिकामा रहेको मिलिजुली कालिन्चोक सहकारीले२८औँ साधारणसभा सोमबारदेखि सुरु गरेको छ।आर्थिक र सदस्य वृद्धिको हिसाबले जिल्ला सदरमुकाम चरिकोट अब्बल मानिने संस्थाले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै वैकल्पिक उपाय अपनाइ सोमबार देखी संस्थाको अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षतामा तथा जिल्ला सहकारी संघ लि. दोलखाका अध्यक्ष हेमन्त चौलागाई को प्रमुख आतित्थ्यतामा साधारणसभा कार्यक्रमहरु उद्घाटन गरेको हो।उद्घाटन कार्यक्रमलाई जिल्लामा अवस्थित भीमेश्वर एफ.एम,हाम्रो रेडियो,जिरी एफ.एम., कालिञचोक एफ.एम. र शैलुङ्ग एफ.एम. तथा संस्थाको फेसबुक पेजबाट लाईभ प्रसारण गरीएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष श्री रामदाश श्रेष्ठ र प्रमुख अतिथि हेमन्त चौलागाईले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रममा संस्थाको आर्थिक बर्ष २०७७÷०७८ को कार्य प्रगति प्रतिवेदन र आर्थिक बर्ष २०७८÷०७९ को प्रस्तावित कार्यक्रम संस्थाका सचिव ठाकुर प्रसाद पाठकले प्रस्तुत गरेका थिए।त्यसैगरी संस्थाको आर्थिक बर्ष २०७७÷०७८ को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक बर्ष २०७८÷०७९ को प्रस्तावित बजेट संस्थाका कोषाध्यक्ष मनोज कुमार श्रेष्ठले प्रस्तुत गरेका थिए। संस्थाको लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक कृष्ण बहादुर गौतमले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्दै संस्थाका अध्यक्ष श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए भने संस्थाकी उपाध्यक्ष सरुणा बस्नेत (श्रेष्ठ) ले सबैलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरेकि थिइन ।संस्थाको आर्थिक बर्ष २०७७÷०७८ सम्ममा कुल शेयर सदस्य २२ हजार आठ सय ८२ रहेका छन्।त्यसैगरी बाल सदस्य आठ हजार आठ सय ४ जना रहेका छन्।सहकारीमा एकीकरण पछि ३१ हजार छ सय ८६ जना सदस्य पुगेका छन्।त्यस्तै आर्थिक बर्ष २०७७÷०७८ मा संस्थाको कुल पूँजी रु.१ अर्व २१ करोड ९७ लाख १९ हजार छ सय २४ रुपैयाँ पुगेको सहकारीले जनाएको छ। संस्थाले दुईवटा इकाईमा २६ ठाउँमा इकाई गत साधारणसभा गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस