एक महिनामा चरिकोट अस्पतालको चिकित्सक टोलिले गरे एक सय वटा मेजर सल्यक्रियाको सफल उपचार



दोलखाको सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पतालमा एक महिनाको अवधीमा १ सय वटा मेजर सल्यक्रियाको सफल उपचार भएको चरिकोट अस्पतालका प्रमुख डक्टर बिनोद दंगालले जानकारी दिए। अस्पतालको चिकित्सक टोलिले
गत असोज ४ गतेदेखि कात्तिक ४ गतेसम्म १ महिनाको अवधिमा अस्पतालमा आएका एक सय जना सल्यक्रियाका बिरामीको सफल सल्यक्रिया गर्न सफल भएको प्रमुख डाक्टर दंगालले जानकारी दिए।चिकित्सक टोलिले एक सय मेजर सल्यक्रिया अन्तर्गत प्रसुतीको सल्यक्रिया,हाड जोर्नीको सल्यक्रिया,हर्निया,याप्पेनडिक्स,हाइड्रो सिल,फैमोसिस, हिस्टेरेक्टोमी,बाल सल्यक्रिया आदि रहेको अस्पतालका डक्टर देबेन्द्र गौतमले बताए।पछिल्लो समय जिल्लामै धेरै रोगको सफल सल्यक्रिया हुने हुँदा धेरै बिरामी सल्यक्रिया गर्न अस्पताल आउने गरेको डाक्टर गौतमले जानकारी दिए।सल्यक्रिया महत्त्वपूर्ण भुमिका खेल्ने चिकित्सकको टोलिलाइ अस्पतालका प्रमुख डाक्टर बिनोद दंगालले धन्यवाद दिएका छन्।


प्रतिक्रिया दिनुहोस