नेकपा एमाले जिरीको दोस्रो नगर अधिबेशन कार्तिक ९ गते हुँदै



नबिन सुनुवार । जिरी – दोलखाको जिरी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमालेको दोस्रो नगर अधिबेशन आउदो कार्तिक ९ गते हुने भएको छ ।

कार्यक्रम केन्द्रिय कमिटीका सदस्य तथा माननीय पार्बत गुरुङको प्रमुख आतिथ्यतामा भब्य रुपमा उद्घाटन सहित सम्पन्न हुने भएको हो ।
जिरी नगर कमिटीको आयोजनामा हुन गहिरहेको दोस्रो अधिबेशनलाई सफल बनाउनको लागि जिरी नगर भित्रका पार्टी प्रतिनिधि, संगठित सदस्य, सम्पुर्ण कम्रेडहरु, सुभचिन्तक, ब्यापारी तथा समस्त नगर समुदाय लगाएत पत्रकारको गरिमामय उपस्थितिको लागि निमन्त्रणा गरिएको छ ।
कार्यक्रम हाटडाडा बजारको चोकमा हुने आयोजक टिमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस