जिरीमा शुभ-दिपावलीको उपलक्ष्यमा U-16 HBC नगर कप फुटबल प्रतियोगिता हुँदै ।



नबिन सुनुवार । जिरी – दोलखाको पर्यटकिय क्षेत्र जिरीमा शुभदिपावलीको पाबन अबसरमा (U-16) Hbc नगर कप फुटबल प्रतियोगिता सन्चालन हुने भएको छ ।
जिरी नगरपालिकाको साझेदारीमा हुन गहिरहेको नगर कप फुटबल प्रतियोगिता कार्तिक १५ गतेबाट सुरु भइ १८ गते सकिने छ ।
“समाज रुपान्तरणको लागि युवा” भन्ने मुख्य नाराका साथ स्थापना भएको हाट्डाडा बोइज क्लबले जिरी एर्पोट्को खेल मैदानमा हुने नगर कप फुटबल प्रतियोगिताको लागि गहन भुमिका खेलेको छ ।

प्रतियोगिताका बिजेताहरु प्रथम, दितृय र तृतीयलाई क्रमशः ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगत रु २५ हजार, १५ हजार र १० हजार रुपैया नगद प्रदान गरिने छ भने सान्त्वनालाई भने ३ हजार रुपैयाँ नगद मात्र पुरस्कार बितरन गरिने आयोजक टिमले जनाएको छ ।

खेलमा सहभागी जनाउने खेलाडीहरुले कात्तिक १४ गते सम्ममा आफ्नो टिम दर्ता गराईसक्नु पर्ने छ । जस्को लागि टिम दर्ता शुल्क जम्मा ३ हजार लाग्ने छ भने १ हजार फिर्ता गरिने छ ।

शुभदिपावलीको पाबन अबसरमा जिरी नगरको साझेदारीमा सम्पन्न हुन गहिरहेको एच.बि.सि नगर कप फुटबल प्रतियोगिता (U- 16) लाई भब्य रुपमा सफल पार्नको लागि नगर भित्रका सम्पुर्ण खेल प्रेमी खेलाडी मित्र, खेललाई माया गर्नु हुने सम्पुर्ण दर्शकहरुलाई खेल अबधिभर उपस्थिति भइ खेलको सोभा बढाइ दिनुहुन एच.बि.सि क्लबको अनुरोध छ ।

उक्त फुटबल प्रतियोगिता सम्बन्धि कुनै समस्या भए र थप परामर्श लिनु परेमा९८४७४८६२१३ र ९८४४४०७९८८ मा सम्पर्क गर्न सकिने हाटडाडा बोइज क्लबका अध्यक्ष याकुब तामाङले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस