विगत ६ बर्ष देखि मानसिक रोगीको मुहार फेर्न समर्पित अहेव -सुनिता जिरेल



विगत छ वर्ष देखी चरिकोट अस्पतालमा मनोसामाजिक विमर्श कर्ताको रुपमा कार्यरत सुनिता जिरेल पछिल्लो समय यहीँ क्षेत्रमा उनी सक्रिय छिन।दोलखाको जिरी नगरपालिकामा जन्मिएकि जिरेलका बुवाको नाम मकर बहादुर जिरेल र आमाको नाम धनमाया जिरेल हो, उनको स्थायी ठेगाना जिरी नगरपालिका वडा नम्बर ४ हो।उनले प्रवेशिका,प्रविणता हुदै स्नातक तह सम्मको अध्ययन क्रमसःजिरी उच्चमाध्यमिक विद्यालय र जिरी क्याम्पस बाट पुरा गरेकी छिन उनले त्यसपछि CMA कोर्सको अध्यन सदरमुकाम चरिकोटमा रहेको दोलखा बहुउद्देशिय तालिम संस्था बाट पुरा गरेकी जिरेल त्यसपछि जिरी अस्पतालमा CMA को रूपमा एक बर्ष काम गरिन त्यस्तै ,नाम्दु स्वास्थ्यचौकीमा १४ महिना काम गरेको अनुभव सुनाउछिन।त्यसैगरी राष्ट्रिय योजना आयोग दोलखामा भोलन्टियरको रुपमा काम गर्दै तत्कालीन समयमा न्याय हेल्थ नेपाल अन्तर्गत रहेर चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र हुँदै अहिले चरिकोट प्रादेशिक अस्पताल चरिकोटमा ५ बर्ष काम गर्दै उनले चरिकोट प्राथमिक स्वास्थ केन्द्रमा काम गर्ने क्रममा दुख निवारण गुठि-काठमाडौंमा छ महिने मनोसामाजिक परामर्श तालिम लिएर दोलखामा विगत तीन बर्ष देखि चरिकोट अस्पतालमा मनोसामाजिक परामर्श कार्ताको रूपमा सेवा दिदै आइरहेकि छिन।तालिम पश्चात मानसिक स्वास्थ्यको महत्व ,मानसिक स्वास्थ्य प्रतिको मेरो धाराणा र दृष्टिकोणमा ठुलो परिबर्तन आएको उनले बताइन्।दोलखा जिल्लामा पछिल्लो समय यो सेवा लिनेको वृद्धि भएको जिरेल बताउछिन्।कोरोना भाइरस महामारीको समयमा छिमेकी जिल्ला रामेछाप र सिन्धुपाल्चोक बाट समेत मानिस आउन थालेको उनले सुनाइन्।चरिकोट अस्पतालमा आफू मनोसामाजिक पर्मश भएर आए पछि छोटो समयमै ४ हजार बढी मानिसलाई सेवा दिएको उनले जानकारी दिइन।जसमा-जसमाDEPRESSION,ANXIETY , PSYCHOSIS,SUBSTANCE ABUSE ANDADDICTION,GRIEF,PTSD(post traumatic stress disorder)जस्ता
समस्या भएका बिरामी का साथै एक द्ववार संकट केन्द्र (ocmc)अन्तर्गतका सेवाग्राहीहरु रहेको जानकारी दिईन।अहिले पनि दैनिक १०देखी १५ जनाले मनोसामाजिक परामर्श सेवा लिईरहेको अहेव जिरेलले बताइन्।यसरि सेवा दिईरहदा बिरामी हरुमा आएको सकारात्मक परिवर्तन देख्दा खुसि मिल्नुका साथै यहि काममा निरन्तर लागिरहने तथा थप प्रभावकारी सेवा दिने उर्जा मिलेको र मनोसामाजिक परामर्श को भूमिका कत्तिको महत्वपुर्ण हुन्छ भन्ने कुरा स्वयम् म आफैले पनि अनुभव गरेको सुनाउछिन। तालिम लिनु भन्दा अघि सोही रोगले साढ़े एक वर्ष अगाडी आफ्नी आमालाई गुमाउनुपरेको पिडा सुनाउदै बिक्षिप्त स्थितिबाट अगाडि बढ्न एकदमै गाह्रो भईरहेको थियो सतालिम पश्चात सहर्ष स्वीकार्दै अगाडी बढ्ने हिम्मत जुटेको जिरेल बताइन्।यधपि सेवा दिने क्रममा खुसि मात्र नभई बिरामीको समस्या सुन्दा,देख्दा,अनि महसुस गर्दा आफैमा पनि कहिलेकाहिँ नैराश्यता नजागेको भने होईन र
हामी संग भएको तथ्यांक अनि अनुभवले अझै पनि समाजमा मानसिक समस्याबाट ग्रसित बिरामीको संख्या धेरै रहेको मानसिक समस्यालाई सोसल ट्याबु को रुपमा लिने हुदा बिरामीले आफ्नो समस्या समाज वा, स्वास्थ्यकर्मी संग खुलेर राख्न नसकेको ,अधिकांशको पहुँचमा स्वास्थ्य सेवा नभएको देखाउदछ्।यी विविध कारण समयमा उपचार नपाउदा अप्रिय घटना (आत्महत्या,हत्या आदि )घटेको पनि पाइन्छ।त्यसैले फिजिकल हेल्थ र सोसल हेल्थ संगसंगै मेन्टल हेल्थलाई पनि सम्बोधन गर्दै विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था अनि निकाय अगाडी बढेमा औसधोपचार र मनोसामाजिक परामर्शको माध्यमबाट मानसिक समस्याबाट निम्त्याउने ठुला-ठुला अनपेक्षित अनि अप्रिय घटनालाई न्यूनीकरण गर्न सकिने उनको सुझाव रहेको छ।


प्रतिक्रिया दिनुहोस