नेकपा एमाले जिरीको प्रथम नगर अधिबेशन सम्पन्न : नगर कमिटीको अध्यक्षमा केसब कुमार कार्की ।



नबिन सुनुवार । जिरी – दोलखाको जिरी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको प्रथम नगर अधिबेशन आज सम्पन्न भएको छ ।

कार्यक्रम केन्द्रिय कमिटीका सदस्य तथा माननीय पार्बत गुरुङको प्रमुख आतिथ्यतामा आज भब्य रुपमा उद्घाटन सहित सम्पन्न भएको हो ।

जिरी नगर कमिटीको आयोजनामा गरिएको पहिलो अधिबेशनले केसब कुमार कार्किको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।
नगर कमिटीको उपाध्यक्षमा मिङ्मा शेर्पा, सचिबमा भुपेन्द्र राज सुनुवार, सह-सचिबमा पदेमान जिरेल र कृष्ण कुमारी तामाङ चयन भएका छन ।

नब निर्वाचित पदाधिकारी सदस्यहरुलाई प्रतिनिधि सभा सासंद एबम सुचना तथा सञ्चार प्राविधि मन्त्री पार्बत गुरुङ, नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष ईश्वर चन्द्र पोखरेल, बाग्मती प्रदेश कमिटी सदस्य तथा प्रतिनिधि सभा सान्ती पाख्रीन लगाएतले माला र खादा लगाइ सुभकामना दिनु भएको थियो ।

प्रथम नगर अधिबेशनका विशेष अथिती गुरुङले जिरीमा फेरि पनि (नेकपा) एमाले मजबुत भएको र आगामी दिनको बिजय (नेकपा) एमालेकै निश्चित भएको बताउनुभयो ।

नगरको पहिलो अधिबेशन सफल बनाउनको लागि जिरी नगर भित्रका पार्टी प्रतिनिधि, संगठित सदस्य, सम्पुर्ण कम्रेडहरु, सुभचिन्तक, ब्यापारी तथा समस्त नगर समुदाय लगाएत पत्रकारको सहभागीता रहेको थियो ।

कार्यक्रम हाटडाडा बजारको चोकमा सम्पन्न भएको आयोजक टिमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस