एकीकृत फ्रेण्डसिप साकोसको साताैँ साधारणसभा सम्पन्न, संस्थाको खुद नाफा १ करोड नाघ्याे



दाेलखा – एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौ बार्षिक साधारणसभा बिहिवार सम्पन्न भएको छ ।कार्तिक छ गतेदेखि सुरू भएको साधारणसभा विहिबार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो। संस्थाका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा भएको साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रमहरु सचिव केदार बहादुर जिरेलले प्रस्तुत गर्नुभएको थियो भने १ अर्ब १० करोड २३ लाख ९० हजार बराबरको आर्थिक प्रतिवेदन संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले प्रस्तुत गर्नुभएको थियो। संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन समितिका सदस्य रामकाजी खड्काले गर्नुभएको थियो ।

साधारणसभाको अवसरमा असल ऋणी, नियमित मासिक बचत कर्ता १ सय २० जना अधिकतम शेयरखरिद कर्ता १० जनालाई पुरस्कृत गरिएको थियो । सभाको उद्घाटन जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकीले पानसमा बत्ती बाल्दै गर्नुभएको थियो ।

सभामा जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी, उपाध्यक्ष गोपाल जिरेल, सल्लाहकार समिति सदस्य इन्द्र बहादुर खड्का, नेकपा एमाले जिरी नगर कमिटि अध्यक्ष केशव कुमार कार्की, नेपाली काँग्रेस जिरी नगर समिति सभापति सोनाम शेर्पा, नेकपा माओेवादी जिरी नगर कमिटिका अध्यक्ष नविन जिरेल, नेकपा एकीकृत समाजवादीका जिरी नगर कमिटि अध्यक्ष शैलेन्द्र कुमार खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

आफ्ना शेयर सदस्यहरूलाई मध्यनजर गर्दै मुख्य कार्यालय सहित १२ वटा सेवा कन्द्रबाट सेवा सञ्चालन गरिरहेको संस्थाले आगामी बर्ष काठमाडौको कोटेश्वर, रामेछापको मन्थली र भुजीमा आफ्नो सेवाकेन्द्र वितार गर्ने योजना बनाएको छ । जेष्ठ नागरिकहरूलाई बृद्व भत्ता वितरण गर्दै आएको यस संस्थाले सुत्केरी स्याहार, सदस्यहरूको बिमा, मोवइल बैकिंङ सेवा, इन्टरनेट बैकिंङ, मिस्डकल बैकिंङ, लगायतका कार्यक्रम गर्दै शेयर सदस्यहरूको मन जितिरहेको छ ।

२०४८ सालमा स्थापना भएको फ्रेण्डसिप सहकारी संस्थाले २०७१ सालमा एकै पटक नौ वटा सहकारी संस्थाहरूसँग एकीकरण गरेर एकीकृत फ्रेण्डसिपको नाम बाट परिचित सहकारी संस्थाले सदस्यहरूलाई लक्षित गर्दै विभिन्न ६५ वटा शिर्षकमा ऋण लगानी गरीरहेको छ भने २४ प्रकारमा बचत संकलन गरिरहेको छ । गरिबी, व्यवसाय, उद्योगिहरूको आयआर्जनमा बृद्वि गर्न महत्त्वपूर्ण भुमिका खेलिरहेको संस्थाले सदस्यहरूको हितका लागि भन्दै पछिल्लो समयमा ब्याजदर परिवर्तन गरेको छ भने दुई वटा बिमाका कार्यक्रम सञ्चालन गरेर सदस्यहरूलाई थप सहयोग गरिरहको छ ।

सहकारी संस्थाले हाल सम्म १४ वटा सहकारी संस्थहरुलाई एकीकरण गरिसकेको छ । आगामि दिनमा पनि अन्य सहकारीहरूसँग एकीकरण गर्दै आफ्नो सेवालाई बिस्तार गर्ने लक्ष्य लिएको संस्थाका अध्यक्ष भुमिराज खड्काले बताउनुभयो । जिरी नगरपालिका वडा नम्बर ५ मा रहेको सहकारीले रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका तथा दोलखा जिल्लाको जिरी नगरपालिका, भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सेवा प्रदान गरिरहेको छ ।

संस्थाले गत आर्थिक बर्ष २०७७÷०७८ मा १ करोड २७ लाख ५ हजार १ सय ८२ रुपैया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । साधारण सभामा विभिन्न कार्यालका प्रमुख तथा प्रतिनिधि, सञ्चालक समिति, सेवाकेन्द्र समिति र उपसमितिका पदाधिकारी लगाएत शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस