त्रिशुले चर्चको नब निर्मित भबन उद्घाटन समारोह आज सम्पन्न ।



नबिन सुनुवार । जिरी – दोलखाको जिरी नगरपालिका वडा नम्बर ८ त्रिशुलेमा अबस्थित हिमालयन इसाई मन्डली त्रिशुले चर्चको नयाँ पक्की भबनको आज उद्घाटन गरिएको छ ।

उद्घाटन समारोह वडा नम्बर ८ का अध्यक्ष तेज बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समारोहका विशेष अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष एबम हिमालयन इसाई मन्डलीका वरिष्ठ रेभ. पास्टर ज्ञान बहादुर सुनुवार रहनु भएको थियो ।

वडाबाट १५ लाख, अन्य मन्डलीहरुबाट ६० हजार, श्रमदान २ लाख र थप मन्डलीको तर्फबाट गरि जम्मा २३ लाख ६५ हजारको लागतमा नया पक्की चर्च भबनको निर्माण कार्य सम्पन्न भएको हो ।

नब निर्मित चर्च भबनमा २ सय जना सम्म बिश्वासीहरुले सेवा संगति गर्न सकिने छ ।
समारोहका प्रमुख अतिथि खड्काले मन्तव्यको क्रममा आफु एउटा वडाको जिम्मेवारी ब्यक्ती भएको कारण सबै जातजाति धर्म सस्कृतीको संरक्षण गर्नु आफ्नो दायित्व रहेको र आगामी दिनहरुमा पनि वडाका सबै चर्च, धार्मिक मठ्मन्दिर, परम्परागत चलिरहेको रितिथितीलाई पहिलो प्राथमिकता दिइने बताउनुभयो ।
उहाँले मन्डलीको लागि आफुबाट हुने सहयोगको लागि सधै आफू लागि पर्ने समेत प्रतिबद्धता गर्नु भएको छ ।

उद्घाटन समारोहमा दोलखा र रामेछापको मन्डलीबाट पास्टर अगुवाहरु गरि जमा २३० जना बिश्वासिजनहरुको सहभागीता रहेको थियो ।
धेरै संघर्ष र चुनौतीहरुको सामना गर्दै आफुहरु सफलतामा पुगेको र सबै प्रभुका जनहरुमा खुशी छाएको त्रिशुले चर्चका पास्टर कृति बहादुर सुनुवारले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस