बैतेश्वर गाउँपालिका-४ काब्रेमा दर्जनौं युवा एमाले परित्यागगरी कांग्रेसमा प्रवेश



दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ४ काब्रेमा दर्जनौं युवाले एमाले पार्टी छाडेका छन्।नेपाली कांग्रेस बैतेश्वर गाउँपालिकाले शुभ दिपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको अवसरमा एमाले निकट दर्जनौं युवा कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैतेश्वर गाउँपालिका सभापति सम्सेर घिसिङले जानकारी दिए। नेपाली काँग्रेस बैतेश्वर कार्यसमिति द्वारा अयोजित शुभ दिपावली,नेपाल सम्बत तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम नेपाली कांग्रेस दोलखा उपसभापति एवं बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न गरेको घिसिङले जानकारी दिए।चियापान कार्यक्रमा नेपाली कांग्रेसका जिल्ला नेता तारा कुमार खड्का लगायतको उपस्थितिमा पार्टी प्रवेश गर्ने दुई दर्जन युवाहरूलाई स्वागत गरेका थिए।एमालेको पकट क्षेत्र बैतेश्वर ४ बाट एमाले परित्याग गरि
१ देवराज कार्की
२ निखिल लामिछाने
३ सुपेन तामाङ
४ वल बहादुर तामाङ
५ रोशन खत्री
६ सन्तोष कार्की
७ पुष्कर दाहाल
८ इन्द्र बहादुर खत्री
९ टीका बहादुर खत्री
१० गणेश बहादुर तामाङ
११ कृष्ण बहादुर दाहाल
१२ जगत बहादुर दर्जी
१३ दिप बहादुर दर्जी
१४ हिरा प्रसाद शिवाकोटी
१५ हिक्मत कुमार लामिछाने
१६ अन्जना खुलाल कार्की
१७ रुद्र कुमार लामिछाने
१८ रत्न बहादुर घिमिरे
१९ अर्जुन घिमिरे
२० झप्पर बहादुर नेपाली लगायतका दर्जनौं युवा कांग्रेसमा प्रवेश गरेका हुन्।


प्रतिक्रिया दिनुहोस