नेपाल मेडिकल काउन्सिल चिकित्सकमैत्री बनाउँछु: डा.प्रमोद कुमार यादव



काठमाडौं – नेपाल मेडिकल काउन्सिलको मंसिरमा हुन गैरहेको निर्वाचनका लागि उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त छन् । उपत्यकाबाहिर मंसिर ३ र ४ गते तथा उपत्यका भित्र मंसिर १० र ११ गते हुने निर्वाचनले काउन्सिलको आगामी ४ वर्षे कार्यकालका लागि १ उपाध्यक्ष सहित ८ सदस्य कार्यसमिति चयन गर्ने छ ।निर्वाचन समितिले प्रकाशन गरेको नामावली अनुसार उपाध्यक्षका लागि ३ जना चिकित्सक भिड्दै छन् भने ८ सदस्यका लागि ३२ जनाले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षका लागि डा प्रमोद कुमार यादव, डा शिवजी पौडेल र डा राम परिक्षण यादव उम्मेदवार रहेका छन् । चिकित्सकको आचारसंहिता, लाइसेनिङ, सिपिडी लगायतका विषय सबै उमेदवारका एजेण्डा बनेका छन् ।प्रमोद कुमार यादव अहिले चिकित्सकहरूसँग आँफू लाई नेपाल मेडिकल काउन्सिलमा पठाउनु पर्ने कारण र सुझाव लिदै प्रचारप्रसारमा होमिएका छन् ।

हाल प्रादेशिक अस्पताल जनकपुरमा मेडिकल सुपरिटेन्डेन्टका रुपमा कार्यरत डा यादव राष्ट्रिय ट्रमा सेन्टर, जिल्ला अस्पताल रामेछाप लगायतका अस्पतालमा काम गरेका छन् ।मेडिकल काउन्सिलमा सबै चिकित्सकको समान पहुँच, तनाव रहित सेवा र चिकित्सक मैत्री बनाउने नारा बोकेका उनले विभिन्न एजेण्डा अघि सारेका छन् ।

नेपाल मेडिकल काउन्सिलमा दन्त चिकित्सकहरु समावेश नभएकाले अब दन्त चिकित्सकलाई पनि काउन्सिलले समावेश गर्नु पर्ने बताएका छन्।डा.यादवले नेपाल मेडिकल काउन्सिल थप परिष्कृत गराउँदै नेपाल मेडिकल एण्ड डेन्टल काउन्सिल बनाउनु पर्ने एजेण्डा अघि सारेका छन् ।

उनका अनुसार मुलुक संघीय ढाँचामा गैसक्दा पनि नेपाल मेडिकल काउन्सिल काठमाडौँ केन्द्रित भएकाले काउन्सिलका संघीय संरचना निर्माण गरि सातै प्रदेशबाट चिकित्सकलाई लाइसेन्स परीक्षा देखि नवीकरण लगायतका सेवा प्रवाह गर्ने योजना प्राथमिकतामा रहेको छ ।साथै निजी क्लिनिक तथा नर्सिङ होम सञ्चालन गरेको चिकित्सकलाई औषधी बिक्री वितरणमा देखिएको समस्या समाधानका लागि ऐन कानुन परिमार्जन गर्नुपर्ने भएकाले काउन्सिलले स्वास्थ्य मन्त्रालय तथा कानुन मन्त्रालयलाई दबाब दिने एजेण्डा बोकेका छन् ।

चिकित्सकहरू काउन्सिल धाइरहनु पर्ने बाध्यता अन्त्य गर्नका लागि डिजिटल सेवालाई प्रवाभकारी बनाउने, चिकित्सकमाथि भैपरी आउने घटनामा काउन्सिलले सहयोगी भूमिका निर्वाह गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन् ।

ग्रामीण भेगमा स्वास्थ्यकर्मी तथा केही गैर स्वास्थ्यकर्मीले समेत नामको अगाडी डाक्टर लेखेर चिकित्सा क्षेत्रका बदनाम मात्रै होइन, नागरिकको स्वास्थ्यमा गम्भिर खेलवाड गरिरहेकाले काउन्सिलको ध्यान पुर्याएर निराकरण गर्ने योजना रहेको बताउँछन् ।

चिकित्सा शिक्षा सम्बन्धी चिकित्सा शिक्षा आयोगनै बनिसकेका अवस्थामा काउन्सिलले आयोगसँग समन्वय गरेर चिकित्सकहरुको क्षमतावृद्धी, गुणस्तरिय सेवा प्रभाव तथा अस्पताललाई जिम्मेवार बनाउन आवश्यक देखिन्छ ।साथै चिकित्सको सेवा सुविधामा क्रान्तिनै नभएसम्म नेपालमै चिकित्सकले भविष्य देख्न अवस्था नरहेको समस्या समाधानका लागि नितीगत परिवर्तनका लागि आफ्नो उम्मेदवारी रहेको डा यादवको बताउँछन् ।


प्रतिक्रिया दिनुहोस