दोलखाको डिकेडाडामा नेपाल टेलिकमको फोर–जी टावरको निर्माण कार्य अन्तिम चरणमा



नबिन सुनुवार । जिरी – दोलखाको जिरी नगरपालिका वडा नम्बर ८ को डिकेडाडामा नेपाल टेलिकमको फोर–जी टावरको निर्माण कार्य अन्तिम चरनमा पुगेको छ ।वडा अध्यक्ष तेज बहादुर खड्काको विशेष पहलमा नेपाल टेलिकम काठमान्डौको स्वकृत पछि फोर–जी टावरको निर्माणकार्य अघि बढेको हो । निर्माणका लागि सामान ढुवानी गर्न सहज भए पनि जग्गाको समयमै ब्यबस्थापन गर्न नसक्दा र प्राबिधिक समस्याका कारण टावरको काम रोकिएको थियो ।

वडामा एन.टि.सि को फोर- जि टावर नहुँदा यहाँका जनताहरु प्रत्येक्ष मर्कामा परेका छन । सञ्चारसँग जोडिन निकै चुनौतीको सामना गर्नु पर्ने बाध्यताबाट मुक्त हुनको लागि एन.टि.सि को फोर- जि टावर निर्माण गरिएको हो ।उक्त टावरको निर्माण कार्य सम्पन्न पछि जिरी नगरपालिकाको वडा नम्बर ८ र ९ गरि दुई वटै वडा लाभान्वित हुने छन ।
वडामा जनताको मर्कालाई यस अघि नै मनन गरेको भए पनि ३ बर्षको संघर्ष पछि आफू बल्ल सफलताको नजिक पुगेको वडा अध्यक्ष तेज बहादुर खड्काले बताउनुभयो ।

वडाका जनतालाई अझ थप सञ्चारमा जोड्नका लागि फोर–जी टावरको निर्माण गरिएको खड्काको भनाइ छ । यसरी नै हरेक दु:ख कष्टका साथ समस्त वडाबासिको सहयोग पाए आफू झनै सफलतामा पुग्न टेवा पुग्ने उहाले बताउनुभयो । फोर – जि टावरको निर्माण कार्य ८०% सकिएको र बाकी काम अब चाडै सम्पन्न हुने पनि उहाले बताउनुभयो ।
जनतालाई विकास र समृद्धि भएको अनुभूति गराउनुका साथै सञ्चारको पहुँचमा जोड्नका लागि फोर–जी टावर निर्माण गर्न लागिएको हो ।


प्रतिक्रिया दिनुहोस