सडक अलपत्र बनेपछि,बसका भित्तामा यातायात मन्त्रीको फोटो



लामोसांघु जिरी सडक खण्ड अन्तरगत पर्ने ३० किलोमीटर मुडे-चरिकोट सडक निर्माण सुरु भएको ६ बर्ष बितिसक्दा पनि सडक निर्माणमा माथिल्लो तहका जनप्रतिनिधिले चासो नदिएको भन्दै दोलखाका स्थानीय अन्दोलित बनेका छन्।जिल्लाका स्थानीयले शनिवार भिमेश्वर नगरपालिका ७ मकैबारीमा पुगेर  स्थानीयले मुडे चरिकोट हुदै काठमाडौ आवतजावत गरिरहेको गाडिमा भौतिक पुर्वधार तथा यातायात मन्त्री रेणुकुमारी यादव,भौतिक पुर्वधार तथा यातायातका सचिव रविन्द्रनाथ श्रेष्ठ तथा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको फोटोसहितको पोस्टर सार्वजनिक गाडिमा टासेर आन्दोलन गरेका हुन्। फोटो सहितको पोस्टरमा सरकार मुडे चरिकोट सडक कहिले बन्छ ? हाम्रो विचल्ली कहिलेसम्म टुलुटुलु हेर्छसभन्ने सब्दहरु लेखिएको छ । अलपत्र सडककै कारण दैनिक सास्ती खेपिरहेका जिल्लाक नागरिकहरुले सरोकारवाला निकायका साथै निर्माण कम्पनी र ठेकेदार लाई जिम्मेवारवारी अनुसारको काम छिटो सक्न दबाब दिन आन्दोलनलाई जारी राख्ने मुडे- चरिकोट सडक संघर्स समितिका सचीव  गोकर्ण प्रसाद भण्डारीले बताए। भारतीय एक्जिम बैंकको लगानीमा विस्तार कार्य भईरहेको लामोसाँघु-जिरी सडक अन्तर्गतको यो खण्ड ठेकेदारले काम नगरेका कारण ६ वर्ष यता अलपत्र छ।यस अघि गत वर्षहरुमा समेत जिल्लाका स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका थिए।सडकको निर्माण जिम्मा भारतीय निर्माण कम्पनी सकिल हैदर—शंकरमालि—सुनौलो खिम्ती जेभीले २०७२ सालमा ठेक्का सम्झौता गरेको थियोे।


प्रतिक्रिया दिनुहोस