कालिञ्चाेकमा पुनःहिमपात जिल्लाभर,चिसो बढ्यो



जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोकमा पुनः हिमपात भएको छ्।जिल्लाकै उच्च ठाउँमा पार्ने कालिञ्चाेकमा शुक्रवार देखी हिमपात भइरहेको छ।माथिल्लो क्षेत्रमा भएको हिमपातको कारण जिल्लाभर चिसो बढेको छ्।सनिवार दोस्रो पटक परेको हिउँ खेल्नेको कालिन्चोमा बिहान देखीनै पर्यटकको भिड लागेको स्थानीय नवराज तामाङले बताए।शुक्रवार दिउँसो देखी कालिञ्चाेक वर्षा सहित हिमपात हुन सुरु गरेको थियो।लामो समय पछि परेको हिउँ खेल्न सनिवार दिउँसो सयौं पर्यटक कालिन्चोक पुगेका छन्।कालिन्चोकमा सनिवार करिब ५ सय जना पर्यटक कालिन्चोक आएको उनले बताए।सनिवार केबलकार चड्ने मानिसको संख्या मात्र २ सय ६७ जना रहेको थियो।त्यस्तै पैदल हुँदै तीन सय जनाले कालिन्चोकको दर्शन तथा भ्रमण गरेको तामाङले बताए।गत मंसिरमा पहिलो हिमपात भए पछि शुक्रवार भएको हिमपात दोस्रो पटक हो।माथिल्लो क्षेत्रमा हिमपात भएको कारण शुक्रवार देखी समग्र जिल्लामा अत्यधिक चिसो बढेको छ्।सनिवार पनि कालिन्चोक,शैलुङ,हनुमन्तेडाँडा लगायतको माथिल्लो क्षेत्रमा हिमपात भएको छभने,जिल्लाको तल्लो भेगमा वर्षा भएको छ्।

हिमपात पछि व्यवसायी खुशी

हिउँ पर्न साथ खुशी देखिने कालिञ्चाेक कुरि बजारका होटल व्यवसायी पुसको दोस्रो साता परेको हिउँको कारण पर्यटकको आगमनमा वृद्धि हुने हुँदा खुसी देखिएका छन्।कालिञ्चाेकमा कात्तिक पछि बैशाख सम्म चहलपहल हुने गर्छ।कोरोना भाइरसका कारण लामो समय सुनसान बनेको कालिन्चोकमा हिउँदमा हिमपात हुँदा कालिन्चोमा हिउँ खेल्न आउने पर्यटकको संख्यामा वृद्धि हुने गर्छ।अङ्ग्रेजी नयाँ वर्षमा कालिन्चोकमा पर्यटकको भिड हुने गर्छ।अङ्ग्रेजी वर्ष २०२२ लाग्न ४ दिन बाकी रहदा परेको हिउँले पर्यटक बढाउने हुँदा कुरिका होटल व्यवसायी उत्साहित र खुशी देखिएका हुन्।पुस पहिलो सात छिमेकी देश भारत बाट मात्र २ जना पर्यटक कालिञ्चाेक भित्रिएका छन्।३८४२ मिटर उचाईमा रहेको कालिन्चोमा यो साताको शुक्रवार र  सनिवार कुरिका सबै होटल बुकिङ भएका छन्।कुरि बजारमा ५५ वटा सुविधा सम्पन्न होटल रहेका छन्।सनिवार त्यहाका सबै होटल  भरिएका थिए।


प्रतिक्रिया दिनुहोस