बैतेश्वर-३पाइलेका दर्जनौं माओवादी र एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश



जिल्लाको बैतेश्वर गाउँपालिका-३ मिर्गे पाइलेका करिब३ दर्जन एमाले र माओवादीका कार्यकर्ताले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन्।पाइलेका माओवादी नेता पुष्कर बस्नेत सहित ३१ जनाले सामुहिक रूपमा माओवादी र एमाले पार्टी त्यागेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैतेश्वरका उपसभापति प्रभुशरण तामाङले जानकारी दिए। पाइलेको बिकासमा कांग्रेस पार्टीले मात्र चासो र सहयोग गर्ने गरेको भन्दै युवाहरू उत्साहका साथ कांग्रेसमा प्रवेश गरेको तामाङले बताए।नवप्रवेशी पुष्कर बस्नेत भन्छन् लामो समय माओवादी पार्टीको झन्डा बोकेर हिड्दा समेत माओवादीले पाइलेको बिकास र कार्यकर्ता हितमा केहि नगरेको।बजेट वितरण गर्ने ठाउँमा पुग्दा  समेत माओवादी सांसदले ठाउँ छुट्याएर बजेट हाल्ने गरेको हुँदा माओवादीमा बस्न उचित नलागेर आफू लगायत सिङ्गो टोलका दर्जनौं युवाले माओवादी पार्टी छाडेर बिकास प्रेमी र सहयोगी पार्टी कांग्रेस चुनेको बताए।मिर्गेकै बढी मतदाता रहेको पाइले गाउँका जुझारु युवा माओवादी नेताको रूपमा रहेका बस्नेत व्यवसायीक रूपमा कृषिमा लागेका युवा हुन्।उनी भन्छन् सहर केन्दित हुने माओवादी कार्यकर्ता हरु चुनावको बेला मात्र गाउँ आएर होहल्ला मात्र गर्ने आवस्यक पर्दा कांग्रेस पार्टीलेनै सहयोग गर्ने गरेकाले गाउँपालिका अध्यक्ष छवि लामा बोलाएर गाउँका दर्जनौं युवा एकैसाथ कांग्रेस प्रवेश गरेको उनले बताए।पाइलेका पुराना एमाले त्यस्तै एक महिना अघि कांग्रेसबाट माओवादी प्रवेश गरेका कांग्रेस कृयाशील सदस्य समेत रहेका बिसाल बस्नेत पुनः कांग्रेसमा प्रवेश गरेका छन्।नवप्रवेशी कार्यकर्तालाई नेपाली कांग्रेस दोलखाका  उपसभापति एवं बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले स्वागत गरेका छन्।


प्रतिक्रिया दिनुहोस