दोलखामा बाक्लो हिमपात र वर्षा:जनजीवन प्रभावित



सुबास बस्नेत-हिमाली जिल्ला दोलखाको माथिल्लो क्षेत्रमा पुनः बुधबार हिमपात भइरहेको छ।दोलखा लगायत देशभर वर्षा भइरहेको छ्।दोलखामा गत शुक्रबार देखी चिसो एक्कासि वृद्धि भएको छ।जिल्लाको माथिल्लो क्षेत्रमा शुक्रबारदेखि पुनः हिमपात हुन सुरु भएको छ।कालिन्चोकमा बुधबार बिहान देखिनै बाक्लो हिमपात भइरहेको स्थानीय होटल व्यवसायी हरि ओलिले जानकारी दिए।नेपालमा केहि दिन देखीको पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण दोलखा सहित देशभर पानी पर्न सुरु भएको छ। उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ । अहिले पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिनभर नै देशभरको मौसम बद्ली हुनेछ । लगातार आज दिनभरि झरी नपरे पनि पानी पर्दै रोकिने र फेरि पर्ने सम्भावना रहेको छ।बुधबार सबेर बिहान देखिनै वर्षा र हिमपात भइरहेको छ।पुस दोस्रो साता देखी दोलखामा चिसो ह्वात्तै बढेको छ्।माथिल्लो क्षेत्रमा परेको हिउँको कारण जिल्लाभर चिसो वृद्धि हुँदै गएको छ्।सोमबार ,मंगलबार दिनभर दोलखामा घाम लाग्न सकेन जसको कारण बुधबार जिल्लामा बिहान देखिनै बाक्लो हिमपात र वर्षा भइरहेको छ। जिल्लाको तापक्रम सबैभन्दा कम मापन गरिएको छ।लगातार मौसम धुम्म बन्दा दोलखा उच्च क्षेत्रमा बाक्लो हिमपात र तल्लो क्षेत्रमा बिहान बेलुका बाक्लो टुसारो झर्ने गरेकाले जिल्लाभर चिसो बढेको हो।दोलखाको जिरी, शैलुङ,कालिन्चोक,खावा लगायतका ठाउँमा यो समयमा परेको हिमपातका कारण किसान खुशी देखिएका छन्।माथिल्लो क्षेत्रमा आलू रोप्ने समय सुरु भएकाले पुसमा हुने हिमपात र वर्षाले जमिनलाई चिसो पार्ने हुँदा किसान उत्साहित भएका हुन्।


प्रतिक्रिया दिनुहोस