एमाले दोलखाको दशौं जिल्ला अधिवेशन चरिकोटमा जारी



नेकपा एमाले आज ६० वटा जिल्लामा एकै साथ दशौ जिल्ला अधिवेशनको उद्घाटन गरेको छ्।सोहीअनुसार नेकपा एमाले दोलखाको पनि दशौ जिल्ला अधिवेशन सुरु भएको छ । सदरमुकाम चरिकोट स्थित सिमपानी हलमा सुरु भएको अधिवेशनले एमाले दोलखाको नयाँ नेतृत्व चयन गर्नेछ । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव सहित ९९ सदस्यीय जिल्ला कमिटीका चयनका लागि जिल्लाभरबाट ३५ मनोनित सहित ८ सय ७ जना प्रतिनिधीहरु अधिवेशनमा सहभागि छन् ।
दोलखा एमालेको नेतृत्वका लागि चार जनाले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस