चहलपहल बढेपछि ठगिन थाले पर्यटक



जिल्लाका प्रमुख पर्यटकीय स्थल चहलपहल बढेको छ।यि क्षेत्रमा यो समय पर्यटकको बाक्लो चहलपहल हुने गर्छ।चहलपहल बढेपछि केहि व्यवसायीले पर्यटक बाट मनलागी रकम लिएर ठग्न थालेका गुनासा हरु बढ्न थालेका छन्।सदरमुकाम चरिकोट बाट १८ किलोमीटर दुरिमा रहेको कालिन्चोकमा सुत्ने रुमको मुल्य समेत वृद्धि भएको छ्।कुरिका केहि होटल व्यवसायीले अघिल्लो सनिवार ३५ सय पर्ने रुमलाई एक रात सुतेको पाँच हजार सम्म लिएको पर्यटकहरुले बताएका छन्।कालिञ्चाेक जाने पर्यटक होटलमा र सवारीसाधनमा धेरै ठगिने गरेका छन्।चरिकोट देखी कालिञ्चाेक सम्म पुग्न कच्ची बाटोको यात्रा गर्नुपर्ने हुन्छ।जहाँ पुग्न साना गाडी रिजाभ गर्नु पर्छ।कालिन्चोकमा यो समय खराब सडकको कारण ठुला सवारीसाधन कुरि नजाने हुँदा सवारी धनी र चालकले पर्यटक संग मनलागी शुल्क लिने गरेका छन्।चरिकोट बाट कालिञ्चाेक पुग्न यो समय दुईवटा सवारी फेर्नुपर्ने हुन्छ।माथिल्लो क्षेत्रमा बाक्लो हिमपात हुने हुँदा यो समय साना सवारीले पर्यटक बोक्न हिउँमा नचिप्लिने टायर प्रयोग गरेका हुन्छ जसमा फलामे चेन को प्रयोग गरेर बोलेरो गाडीले देउराली देखी पर्यटकलाइ बोक्ने गर्छन्।सवारीले चरिकोट देखी देउराली सम्म पुगेकैआठ सय सम्म भाडा लिने गरेका छन् भने रिजाभ गाडीले पाँच हजार सम्म लिने गरेका छन्।त्यस्तै देउराली बाट कुरि पुगेको पनि यात्रु तथा पर्यटकले त्यतिनै डबल भाडा तिर्नुपर्ने हुन्छ।धेरै कालिन्चोक पुगेर फर्केका धेरै पर्यटकले होटल व्यवसायी र सवारी साधनले मनलागी रकम लिएर ठगेको बताएका छन्।कालिञ्चाेकमा आजभोलि दैनिक सयौं पर्यटक पुग्ने गरेका छन्।कोरोना भाइरसको कारण लामोसमय सुनसान बनेको कालिञ्चोक लामो समय व्यवसाय बन्द गरेर व्यवसायीले अहिले चहलपहल बढेपछि मनलागी रकम लिएर पर्यटक तर्साउन थालेका छन।पुस तेस्रो साता मात्र कालिन्चोकमा करिब २० हजार पर्यटक भित्रिएका छन्।तेस्रो साता भारत र बंगलादेश बाट करिब तीन हजार पर्यटकले कालिञ्चाेक भ्रमण तथा दर्शन गरेका छन् भने बाकी सबै स्वदेशी पर्यटक कालिन्चोक पुगेका थिए।सो संख्या कोरोना पछि हालसम्मकै ठुलो रहेको अनुमान गरिएको छ्।गत शुक्रवार र बुधबार परेको हिमपातको कारण कालिन्चोकमा पर्यटक वृद्धि भएका हुन्।सनिवार कालिञ्चाेकको पाखामा करिब दस हजार पर्यटक एकै दिन कालिन्चोक पुगेका थिए।जाडो मौसममा कालिन्चोकको सुन्दरता झन राम्रो देखिने भएकाले पनि यो समय कालिन्चोकमा बाक्लो चहलपहल हुने गर्छ।दोस्रो लहरको कोरोनाले आठ महिना बन्द रहेको कालिञ्चोकमा पुस लागेपछि पर्यटकको आगमनमा वृद्धि हुँदै गएपछि सो क्षेत्रमा महगी बढेको छ्।कालिञ्चाेकका ठुलो लगानी गरेर खोलेका होटलले भन्दा पनि सामान्य खाजा खाना र खुद्रा पसलेले धेरै पर्यटकलाई ठग्ने गरेको पाइएको हो।
केहि होटल व्यवसायीले कालिञ्चाेक पुगेका पर्यटक बाट चर्को शुल्क असुल गर्ने गरेको गुनासो बढेको छ्।पुस लागेपछि एक हजार देखी ३५ सय सम्म पर्ने रुमको मुल्य बढाएर पाँच हजार पुर्याएका छन्।त्यस्तै खानाको अन्य खाद्यान्न सामाग्री र पिउने पानीको मुल्य समेत मनलागी लिने गरेको धेरै जसो पर्यटकले दुखेसो गरेका छन्।अघिल्लो सनिवार २५ रुपैयाँ बोतलको पानीलाई सय रुपैयाँ समेत तिरेर पर्यटकले खाएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस