कृषकलाई बैतेश्वर गाउँपालिकाले दियो ट्याक्टर अनुदान



जिल्लाको बैतेश्वर गाउँपालिकाले कृषि व्यवसायमा व्यवसायीक रूपमा लागेका किसानलाई ट्याक्टर अनुदान दिएको छ।गाउँपालिकाले कृषि समुह,कृषि फार्म र व्यवसायीक कृषि लागेका कृषकलाई ९० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरेको बैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डेले जानकारी दिए।चालु वर्षमा ट्याक्टर अनुदानको लागी गाउँपालिकाले ५ लाख बजेट छुट्याएको थियो।सोहि रकमले ११ वटा कृषि तथा फार्मलाई ट्याक्टर अनुदान दिएको हो।अनुदान वडाको सिफारिस अनुसार वितरण गरिएको बताए।


प्रतिक्रिया दिनुहोस