आ.व २०७४/०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश

काठमाण्डौं।सरकारको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिएको छ।राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष २०७४/०७५ को सरकारको वार्षिक प्रतिवेदन पेश गरेका हुन्।
संविधानको धारा ५३ बमोजिमले सरकारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरेको संघीय संसद सचिवालयले जनाएको छ।प्रतिवेदनमा सरकारको आर्थिक वर्ष २०७४-०७५ को कार्य प्रगति विवरण उल्लेख गरिएको छ।
कालिञ्चाेक अनलाईन प्रदेश नं.३ काे लाेकप्रिय डिजिटल पत्रिका २०७५ वैशाख १ गते देखि सञ्चालनमा आएकाे हाे।उक्त डिजिटल पत्रिकामा स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू कालिञ्चाेक अनलाईनका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।