नेकपा प्रवेश गर्दै प्रदेश ‘सांसद मनाङे’

काठमाण्डौं।गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रवेश गर्ने भएका छन्। नेकपा प्रवेशका लागि बिहीबारको कार्यक्रम तय भएको गुरुङका स्वविय सचिव जगदीश योगी र नेकपाले पुष्टि गरेका छन्।
गुरुङ मनाङ ‘ख’बाट निर्वाचित भएका थिए। स्वतन्त्र उम्मेदवारी दिएका उनलाई तत्कालीन एमालेले समर्थन गरेको थियो। ज्यान मार्ने उद्योग सम्बन्धी पुरानो मुद्दाकै क्रममा पक्राउ परेपछि उनले सपथ लिन पाएका थिएनन्। अदालतको आदेशमा रिहा भएपछि २०७५ माघ १४ गते गुरुङले प्रदेश सभा सदस्यको सपथ लिएका थिए।
पुस ६ गते जेलमुक्त भएपछि १२ गते उनले सपथ लिन पाऊँ भनी गण्डकी प्रदेश सभामा निवेदन र निर्वाचन आयोगबाट दिइएको विजय उम्मेदवारको प्रमाणपत्र पेस गरेका थिए। निवेदनको महिना दिनपछि सभामुख नेत्रनाथ अधिकारीले उनलाई सपथ खुवाएका थिए।
कालिञ्चाेक अनलाईन प्रदेश नं.३ काे लाेकप्रिय डिजिटल पत्रिका २०७५ वैशाख १ गते देखि सञ्चालनमा आएकाे हाे।उक्त डिजिटल पत्रिकामा स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू कालिञ्चाेक अनलाईनका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।