दक्षिण कोरियामा चार पत्रकार सम्मानित

राजेन्द्र कार्की।दक्षिण कोरियामा रहेर पत्रकारिता क्षेत्रमा कलम चलाउदै आएका चार अनलाइन पत्रकार सम्मानित भएका छन्।नेपाल तामाङ संघले चार पत्रकारलाई विशेष सम्मान गरेको हो।
प्रविधिको युगमा अनलाईन डिजिटल पत्रिका मार्फत समुदायको हरेक क्षेत्रका विविध विषयलाई राष्ट्रिय,अन्तराष्ट्रिय एवं मुलाधारमा उजागर गर्दै आइरहेका सैलुङअनलाइनका अमिर योञ्जन,तेमाल अनलाइनका दुधबहादुर लामा, अनलाइन मिडिया वनका किशोर ब्लोन र फोनिज कोरिया डटनेट तथा ओएमसी नेपालका विमल लामा दोङलाई संघको बार्षिक साधारणसभामा सम्मान गरेको छ।काेरियाकाे राजधानी सउलको दोङ्देमुन स्थित निक ट्राभलको सभाहलमा आयोजित साधारणसभा कार्यक्रममा संघले सम्मान–पत्र र खादाले सम्मान गरेको हो।
संघका अध्यक्ष मेघप्रसाद वाइबाको सभापतित्वमा भएको साधारणसभाको औपचारिक कार्यक्रम प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा,अतिथिहरु एनआरएनएका अध्यक्ष लक्ष्मी लामा, नागार्जुन गुम्बा कोरियाका लामा प्रमुख उर्गेन लामा,तामाङ समाज ख्याङ्साङ्नाम्दो बुसानको कार्यबाहक अध्यक्ष सुजित घिसिङ लगायतका उपस्थिति थियो।
कालिञ्चाेक अनलाईन प्रदेश नं.३ काे लाेकप्रिय डिजिटल पत्रिका २०७५ वैशाख १ गते देखि सञ्चालनमा आएकाे हाे।उक्त डिजिटल पत्रिकामा स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू कालिञ्चाेक अनलाईनका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।