विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट छान्न अनेरास्ववियूको माग

काठमाडौं।सत्तारूढ नेकपा निकट अनेरास्ववियूले सवै विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट छान्न माग गरेको छ । त्रिभुवन विश्वविद्यालय लगायतका अधिकांश विश्वविद्यालयका पदाधिकारीहरुको म्याद सकिन लाग्दा अनेरास्ववियुले यो माग अघि सारेको हो।
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलललाई अनेरास्ववियूका कार्यवाहक संयोजक रञ्जित तामाङ नेतृत्वको टोलीले मागपत्र बुझाएको हो। मागपत्रमा विश्वविद्यालय राजनीतिक खिचातानी र भागवण्डाको क्रिडास्थल बनेकाले समस्या बढेको आरोप लगाइएको छ।
अनलाईनखबरबाट
कालिञ्चाेक अनलाईन प्रदेश नं.३ काे लाेकप्रिय डिजिटल पत्रिका २०७५ वैशाख १ गते देखि सञ्चालनमा आएकाे हाे।उक्त डिजिटल पत्रिकामा स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू कालिञ्चाेक अनलाईनका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।