भोजपुरमा प्रहरी र विप्लव समुहबीच गोली हानाहान,एक प्रहरी सहित दुईको ज्यान गयो

काठमाण्डाैँ।भोजपुरमा विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । विप्लव कार्यकर्ताले हानेको गोली लागेर एक जना प्रहरीको ज्यान गएको छ।भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि आक्रमण गर्दा प्रहरी जवान सन्जिव राइलाई गोली लागेकोज्यान गएको हो ।
त्यस्तै प्रहरी प्रतिकारमा उत्रदा विप्लव नेकपाका एक कार्यकर्ताको पनि ज्यान गएको छ। विप्लव कार्यकर्ता नीरकुमार राईको ज्यान गएको छ।मारिने नीरकुमार राई विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज भएका बताइएको छ। भोजपुरको सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको बताइएको छ ।
कालिञ्चाेक अनलाईन प्रदेश नं.३ काे लाेकप्रिय डिजिटल पत्रिका २०७५ वैशाख १ गते देखि सञ्चालनमा आएकाे हाे।उक्त डिजिटल पत्रिकामा स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू कालिञ्चाेक अनलाईनका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।