ब्लड क्यान्सर रोगबाट पीडित दोलखा श्यामाकाे राजकुमार आर्थिक अभावका कारण उपचारमा समस्या



दक्षिण काेरिया।साउन २,ब्लड क्यान्सर रोगबाट पीडित राजकुमार बस्नेतको आर्थीक अभावका कारण उपचारमा समस्या भएको छ ।दोलखाको जिरी नगरपालिका वडा नम्वर २ श्यामा घर भई हाल काठमाण्डौँ मांकलबारी बसाेवास गर्दै आएका ३० वर्षिय बस्नेतलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उहाँको परिवारले सहयोगको अपिल गरेका छन् ।यही मिति २०७६ असार २५ गते अचानक बिमारी भएपछी अतरखेल मेडिकल कलेजमा उपचार गराउने क्रममा ब्लड क्यान्सर रोग पत्ता लागेपछि ब्लड क्यान्सर रोगबाट पीडित बस्नेतलाई आर्थीक अभावका कारण उपचारमा गर्न समस्या भएपछि सहयोग गर्न परिवारले अपिल गरेका हुन् ।

अतरखेल मेडिकल कलेजमा उपचार गराउने क्रममा ब्लड क्यान्सर रोग लागेकाे पुष्टि भएपछि भक्तपुर क्यान्सर अस्पताल रिफर गरिएको छ।भक्तपुर क्यान्सर अस्पतालले १५ लाख नगद भए उपचार सम्भव हुने बताएको छ।त्यसैले ब्लड क्यान्सरका कारण भक्तपुर क्यान्सर अस्पतालको बेडमा जीवन र मृत्युसँग लडिरहनु भएकोे बस्नेतलाई सहयोग गर्न अनुरोध गरिएको छ ।

पीडितकाे बुवा हेम बहादुर बस्नेत र उनकाे अाफन्तजनले स्वादेश तथा विदेशबाट आर्थिक सहयोग जुटाउने कार्य भएको बताउनु हुदैँ पीडितकाे श्रीमतिले सहयोगी मनद्वारा अाफ्नाे श्रीमानकाे जीवन बचाइदिन आग्रह गरेकी छिन ।श्रीमती सरिता बस्नेतले भनिन्! आफुसँग पैसा नहुँदा समस्या भएको छ।मानविय सहयोग गर्न चाहानु हुनेहरुले जे जति सक्नुहुन्छ सहयोग गरिदिए मेरी श्रीमनले नयाँ जीवन पाउनु हुन्थ्यो।उहाँलाई सहयोग गर्न चाहानु हुनेले मलेसियको लागि सम्पर्क सुर्य बहादुर कार्की मेय वैँक(May bank)खाता नम्बर 162218608884 र फोन नम्बार 0183252376 र लोक बहादुर बस्नेत 0112159778 नेपालको लागि दाई रुद्र बहादुर बस्नेत नेपाल बैँक लिमिटेड खाता नम्बर 09201006532728000001 र फाेन नम्बर 9841070694 सम्पर्क गर्न सक्नु हुने छ।


प्रतिक्रिया दिनुहोस