हाेटल व्यावसायिक कार्की बिरुद्ध जातीय छुवाछुत उजुरी दर्तापछि पक्राउ



काठमाडौं।बलेफी गाउँपालिका वडा न. ८ लामोसाघुको सन्तोषी होटलमा मनिक गहतराजलाई चुलो छोईएला भन्दै जातिय छुवाछूत “जन्य दुव्र्यवहार गर्ने नेत्र बहादुर कार्कीलाई प्रहरीले जातिय विभेद तथा छुवाछूत कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको छ ।गत फाल्गुन ५ गते बिहानको समयमा खाजा खान भनेर नजिकैको सन्तोषी होटलमा गएका मनिकलाई होटलमा चिया खाएर निजकी श्रीमति पार्वती कार्कीलाई पैसा दिने क्रममा संचालक नेत्र बहादुर कार्कीले कामी भएर चुलो नजिक आउन पाइदैन नत्र नराम्रो होला भन्दै धम्काउदै दुव्र्यवहार गरेका थिए । पिडित गहतराजले इलाका प्रहरी कार्यालयमा फाल्गुन ६ गते उजुरी दर्ता गराएपछि साँझ प्रहरीले पक्राउ गरेको हो ।

जाहेरी पत्र

जातीय तथा अन्य छुवाछूत तथा भेदभाव( कसुर र सजाय )ऐन २)६८ मा निजि तथा सार्वजनिक स्थलमा जातिय विभेद गरेमा तिन महिना देखि तिन वर्ष सम्म कैद र पचास हजार देखि दुई लाख सम्म जरिवाना तथा ऐन बमोजिम कसुर गरेको ठहरेमा अदालतले कसुरदारबाट पिडितलाई दुईलाख सम्म क्षतिपुर्ति भराईदिन सक्ने कानुनी प्राबधान रहेको छ।आरोपीलाई पक्राउ गरि अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालयका इन्चार्ज नबराज न्यौपानेले जानकारी दिए ।
विगतमा जातिय विभेदका उजुरी दर्ता गर्नमा मात्रै रसाकस्सी गर्नुपर्ने समस्या झैल्दै आएकोमा यो पटक विगतको तुलनामा सहज भएता पनि जाहेरी दर्ता भए संगै न्यायको लागि ढोका खुलेकोले र पीडितलाई न्याय दिलाउन आवस्यक प्रमाण जुटाउन अझै समस्या रहन सक्ने दलित एकता सञ्जाल नेपालका सिन्धुपाल्चोक अध्यक्ष एवं दलित संजाल केन्द्रिय सचीव सुनिल मिजारको मिजारले बताए।


प्रतिक्रिया दिनुहोस