काेराेना संक्रमित युवातीसंगै आएका मध्ये दुई जना दाेलखाका



दाेलखा।काेराेना संक्रमण देखिएकी युवातीसंगै जहाज चढेर आएका यात्रुहरुमध्ये दाेलखाका पनि दुई जना रहेको पाइएकाे छ।युवाती चढेर आएकाे जहाजमा सवार यात्रुहरूको सरकारले खाेजि गर्ने क्रममा दाेलखाका दुई जना पनि संगै आएकाे पाइएकाे हाे।काठमाडौं निवासी युवाती गत चैत ४ गते फ्रान्सबाट कतारकाे राजधानी दाेहाहुँदै काठमाडौं आएकी थिइन।उक्त जहाजमा रहेका यात्रुमध्ये दुई जना दाेलखाकाे रहेकाे दाेलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताएका छन।तिमध्ये दुई जना खगेन्द्र कुमार कार्की र मञ्जुदेवी कार्की श्रीमान श्रीमती रहेका छन ।

फ्रान्सबाट कतारकाे दाेहाहुँदै काठमाडौं आएकी काेराेना संक्रमित १ युवातीकाे शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रमुख भीमकान्त शर्माका अनुसार उनिहरु केही बेर अघि दाेलखा प्रशासनकाे सम्पर्कमा आईसकेका र दुवैजना काठमाडौं काडाघारी स्थित आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । उनिहरुमा ज्वराे, रुघा, खाेकी सहितकाे कुनैपनि लक्षण नदेखिएकाे र आफु स्वस्थ रहेकाे उनिहरुले बताए पनि उनिहरु दुवैलाई काठमाडौं प्रशासनले आफ्नाे निगरानीमा राखेकाे छ भने काठमाडौं प्रशासनकै समन्वयमा उनिहरुले बिहिबार (काेराेना)स्वास्थ्य परिक्षण गर्ने भएका छन।


प्रतिक्रिया दिनुहोस