सुनको मूल्य अहिले सम्मकै उच्च,प्रतितोला ९० हजार नाघ्यो
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य बढेर तोलाको ९० हजार बढी भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य तोलाको ९० हजार ६ सय रुपैयाँ पुगेको छ।कोरोना भाइरसको संक्रमण फैलिएपछि संसारभर बढीरहेको सुनको मूल्यको नेपालमा भने कर बढेपछि झनै आकाशिएको थियो।
असार ५ गते तोलाको ८९ हजार ९ सयमा कारोबार भएको सुन आज सात सय रुपैयाँ बढेर कारोबार भइरहेको छ।महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ।असार ५ गते तोलाको ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँ बढेको छ।
कालिञ्चाेक अनलाईन प्रदेश नं.३ काे लाेकप्रिय डिजिटल पत्रिका २०७५ वैशाख १ गते देखि सञ्चालनमा आएकाे हाे।उक्त डिजिटल पत्रिकामा स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू कालिञ्चाेक अनलाईनका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।