कसरी भनौं मैले कैलाश टेकेर आएं, केशवराज चौलागाईं
“कबिता”
कसरी भनौं मैले कैलाश देखेर आएं !
कैलाश बाशी त कहाँ ,
कहाँ लुक्नु भो कुन्नि
उनका जटामा गंगा
स्नान गरेर आए सौभाग्य रैछ मेरो ,पाईला टेकेर आएं।
गार्है छ पत्याउन यो जगतमा
आफैंले नदेखि स्वर्ग,
आंखैले नदेखि नर्ग
ठेगाना जुन छ उनको
भन्थे महर्षिहरु
स्वरुप छ यस्तो भन्थे
पुराण शाश्त्रहरु
उनकै जटामा गंगाको
च्यादर उडेको देखें
कसरी भनु मैले कैलाश टेकेर आएं!!!!
शौभाग्य रै छ मेरो पाईला टेकेर आएं।
हीउंले शान्त पार्न नसकेका
शहश्र शिवलिङ्ग
तनक्क तन्किएका
कहाली लाग्दा
खरानी घसेजस्ता
टुप्पा टुप्पामा दुधका धारा झरेको देखे।
स्पर्श पनि गरें,निले घुटुक्क केही
अमृतका वुटीहरु फुल्दै गरेको देखें
कसरी भनुं मैले कैलाश देखेर आएं!!!!
शौभाग्य रै छ मेरो,पाईला टेकेर आएं।
धारीला चुच्चा चुच्चा
त्रिशुलका टुप्पाहरु।
खै कस्तो बज्थ्यो कुन्नी
डमरुका गोटीहरु।
मगमग बनफुलको बास्ना
थोरै सुघेंर आएं
संधैलाई खुल्ला छैन
सबैलाई खुल्ला छैन
कैलाशका ती ढोका
भाग्यले,साईत जुराई
कैलाश पसेर आएं
कसरी भनुं मैले कैलाश पसेर पाएंं
उनकै दया बमोजिम एक क्षण बसेर आएं।
कसरी भनुं मैले कैलाश देखेर आएं!!!!
शौभाग्य रै छ मेरो पाईला टेकेर आएं।
कमाई रैछ र केही
पुर्व जनम् जनम्को
उनैले ताने ,आउंन सक्दिन भन्दाभन्दै।
सुंघेर गन्ध जटाको
आंतिदै ,मात्तिदै लरवराउंदै
पुंगे समिपमा उनको
कुर्न सकेत उनको हुन्थ्यो होला दर्शन
उनका दयाका आंशु छांगा बनेका देखें
ए हजुर!!पत्याउनु आफ्नो कुरा
करुणाका ढिका आंशुका
पोखरी देखेर आएं!!!!
जटामा निर्मल निर्मल पोखी देखेर आएं
वास्तवमा जटा पोखरी दर्शन गरेर आएं
कसरी भनुं मैले कैलाश देखेर आएं!!!!???
कैलाश टेकेर आएं!!!
केशवराज चौलागाईं नेपाली कांग्रेस दोलखा नेता हुन।
कालिञ्चाेक अनलाईन प्रदेश नं.३ काे लाेकप्रिय डिजिटल पत्रिका २०७५ वैशाख १ गते देखि सञ्चालनमा आएकाे हाे।उक्त डिजिटल पत्रिकामा स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू कालिञ्चाेक अनलाईनका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।