जिरीमा ज्येष्ठ नागरिकलाई नगद सहित सम्मान
जिरी।दोलखाको जिरी नगरपालिकाले आज २ जना ज्येष्ठ नागरिकलाई नगद सहित सम्मान गरेको छ ।३० औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नागरिकलाई नगरपालिकाले सम्मान गरेको हो ।
जिरी नगरपालिका वडा नम्बर ८ को ९७ बर्षकि बाल कुमारी खड्का त्यस्तै वडा नम्बर ५ को ९९ बर्षिय पासाङ शेर्पालाई नगद रु चार हजार दुई सय पचास रुपैया सहित दोसल्ला ओढाएर सम्मान गरिएको जिरी नगरपालिकाले जनाएको छ ।
विभिन्न क्षेत्रमा क्रियाशील ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवले पुर्याएको योगदानको मूल्याङ्कन गर्दै नगरपालिकाले ज्येष्ठ नागरिकको अनुभवलाई ग्रहण गरी नयाँ पुस्ता देशको समृद्धि हासिल गर्नेतर्फ उन्मुख हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । #ज्येष्ठ#नागरिक#सम्ममान
कालिञ्चाेक अनलाईन प्रदेश नं.३ काे लाेकप्रिय डिजिटल पत्रिका २०७५ वैशाख १ गते देखि सञ्चालनमा आएकाे हाे।उक्त डिजिटल पत्रिकामा स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू कालिञ्चाेक अनलाईनका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।