मलेसियामा नेपाली युवतिको छुरा प्रहार गरी हत्या
क्वालालम्पुर ।मलेसिया स्थित क्लाङ शहरमा नेपाली रेष्टुरेन्टमा कार्यरत नेपाली युवति आरतिमाया (आरति) मगरको छुरा प्रहार गरि हत्या गरिएको छ ।पुरानो चिनजान कै व्यक्ति मातेर उनि कार्यरत रेष्टुरेन्टमा प्रवेश गरि उनि काम गर्दागर्दैको अवस्थामा छुरा प्रहार गरेको खुल्न आएको छ ।
मृतक आरति मगरको शव हस्पिटलमा राखिएको छ भने प्रहरीले छुरा प्रहार गर्ने आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ । आक्रमणकारीको नाम गणेश रहेको थाहा हुन आएपनि मृतक मगरलाई छुरा प्रहारगरि आफै पनि बेहोश भएकोले आक्रमणको कारण भने खुलेको छैन । हत्याको बिषयमा मलेसियन प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
कालिञ्चाेक अनलाईन प्रदेश नं.३ काे लाेकप्रिय डिजिटल पत्रिका २०७५ वैशाख १ गते देखि सञ्चालनमा आएकाे हाे।उक्त डिजिटल पत्रिकामा स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू कालिञ्चाेक अनलाईनका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।