हङकङ आगलागी : मृत्यु हुने नेपालीको संख्या ११ पुग्यो
काठमाडौं : हङकङको कार्मालोन क्षेत्रमा पर्ने जोर्डन भन्ने ठाउँमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । मृत्यु हुनेमध्ये सबै नेपाली रहेका छन् । मृत्यु हुनेहरुमा तीन नेपाली परिवारका सदस्य भएको बताइएको छ ।
आगलागीमा परी मृत्यु हुनेमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङ छन् । यसैगरी, ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको पनि मृत्यु भएको छ । अरु मृतकको सनाखत हुन बाँकी रहेको छ ।
अस्पताल भर्ना गरिएका थप ३ जना पुरुष र ४ जना महिलाको अवस्था गम्भीर रहेको छ । जिरे खुर्सानी नामक सो रेष्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो । तिहारको दिपावलीका साथै जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगो लगाेको बताइएको छ ।
कालिञ्चाेक अनलाईन प्रदेश नं.३ काे लाेकप्रिय डिजिटल पत्रिका २०७५ वैशाख १ गते देखि सञ्चालनमा आएकाे हाे।उक्त डिजिटल पत्रिकामा स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू कालिञ्चाेक अनलाईनका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।