खोपको माध्यमबाट कोरोना नियन्त्रण हुने आशा बढ्यो, मोडेर्नाको खोप ९५ प्रतिशत प्रभावकारी
एजेन्सी : अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोप कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ । यो सफलतासँगै खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको छ ।
मोडेर्नाले आफ्नो कोरोना खोपको परीक्षणका नतिजा सार्वजनिक गर्न पाउनु निकै ठूलो खुसीको दिन भएको बताएको छ । मोडेर्नाका चिफ मेडिकल अफिसर ताल जाक्सले यसलाई ठुलो सफलता भनेका छन् । साथै उसले केही सातामै खोपको अनुमोदनका लागि आवेदन दिने जनाएको छ ।
मोडेर्नाले खोपको तेस्रो चरणको परीक्षणको क्रममा ३० हजार मानिसहरुमा परीक्षण गरेको थियो । खोप लगाइएपछि केही बिरामीमा थोरै समय थकान, टाउको दुखाइ र पीडा भएको बताइएको छ । फाइजरले विकास गरेको खोपका नतिजाहरू सार्वजनिक भएलगत्तै अर्को खोप त्यो भन्दा बढी प्रभावकारी देखिएको तथ्यांक सार्वजनिक भएको हो ।
दुवै कम्पनीले कोरोना भाइरसविरुद्ध खोपहरूको विकासमा एकदमै नवीन खालको प्रयोग गरेको बताइएको छ । मोडेर्नाको खोप भण्डारण गर्न यसअघि आएको फाइजरको खोपभन्दा सहज हुने देखिन्छ । यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिररूपमा भण्डारण गर्न सकिन्छ । यसलाई सामान्य फ्रिजमा एकमहिनासम्म राख्न सकिन्छ ।
फाइजरको खोपलाई भने माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने थियो । यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो । रुसले विकास गरेको कोरोना खोप ‘स्पुतनिक भी’ पनि कोरोना भाइरसविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरिएको थियो ।
कालिञ्चाेक अनलाईन प्रदेश नं.३ काे लाेकप्रिय डिजिटल पत्रिका २०७५ वैशाख १ गते देखि सञ्चालनमा आएकाे हाे।उक्त डिजिटल पत्रिकामा स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू कालिञ्चाेक अनलाईनका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।