मानिसको आवाज सुन्ने बित्तिकै स्वरुप परिवर्तन गर्ने भूतपाेखरी
दोलखा । दोलखामा अवस्थित कालो पोखरी अदभूत र लजालु रहेको जनविश्वास छ । चुपचाप कुनै आवाज ननिकाली गएमा पोखरीको स्वरुप छर्लङ्ग देखिने र थोरै पनि मानिसको आवाज अथवा होहल्ला सुनिने बित्तिकै स्वरुप नै परिवर्तन भएर आउँछ ।
गौरीशंकर गाउँपालिका अध्यक्ष स्वयमबहादुर खड्काको भनाई पनि त्यस्तै छ । जिरी नगरपालिका वडा नम्बर –१ स्थित चार हजार ४३० मिटरको उचाइमा अवस्थित पोखरीको विशेष धार्मिक महत्व रहेको गौरीशंकर गाउँपालिका अध्यक्ष जंग गुरुङको विश्वास पनि त्यस्तै छ ।
रामेछापको गोकुलगंगा गाउँपालिका–१ को सिमानामा रहेका प्रसिद्ध जट्टा पोखरी, पाँच पोखरीभन्दा पश्चिमतिर करिब डेढ घण्टाको यात्रामा पुग्न सकिने यस पोखरीमा दिउँसै तारा देखिने अदभूत क्रियाकलाप रहेको कथन पनि छ । स्थानीयले यस पोखरीलाई भूत पोखरी र बौलाहा पोखरीको नामले चिन्ने गरेको गौरीशंकर गाउँपालिकाबासी बताउछन् ।
कालिञ्चाेक अनलाईन प्रदेश नं.३ काे लाेकप्रिय डिजिटल पत्रिका २०७५ वैशाख १ गते देखि सञ्चालनमा आएकाे हाे।उक्त डिजिटल पत्रिकामा स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू कालिञ्चाेक अनलाईनका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।