दाेलखा भीमेश्वर मन्दिरको शिलामा फेरि पसिना

चरिकोट – दाेलखाकाे प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा फेरी पसिना आएको छ । मंगलवार दिउँसो पानै २ बजेदेखि भीमेश्वरको शिलामा पसिना आउन सुरु भएको भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ ।
भीमेश्वर मन्दिरको शीलामा १८ औं पटक ‘पसिना’ आएको हो । मन्दिरको शिलामा पसिना आएपछि दर्शनार्थीहरुको भिड लागेको छ । भीमेश्वरलाई ‘पसिना’ आउँदा देशमा अनिष्ट वा सकारात्मक परिवर्तन हुन्छ भन्ने जनविस्वास छ । पसिना आएपछि राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपतिले भीमेश्वर मन्दिरमा क्षमापुजा गराउने चलन छ ।
शिलामा पसिना आउने क्रम जारी छ । शिलामा पसिना आएपछि अनिष्ट नहोस् भन्ने कामना गर्दै स्थानीय र भक्तजनहरु भेला भई घण्टा, नगरा बजाउने र शिलालाई चम्मरले हम्किरहेका छन् । शिलामा आएको पसिना कपासले पुछ्दै दर्शनार्थीहरुलाई दिने गरिन्छ ।
यसपटक कोरोना महामारीका कारण मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप रोक लगाईएको समयमा मन्दिरको शिलामा पसिना आएको हो । यसअघि २०७६ साल फागुन ८ गते भीमेश्वरलाई पसिना आएको थियो । #भीमेश्वर#मन्दिरमा#पसिना
कालिञ्चाेक अनलाईन प्रदेश नं.३ काे लाेकप्रिय डिजिटल पत्रिका २०७५ वैशाख १ गते देखि सञ्चालनमा आएकाे हाे।उक्त डिजिटल पत्रिकामा स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू कालिञ्चाेक अनलाईनका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।