गाउँमै प्रसूती सेवा



दोलखाको मेलुङ गाउँपालिकाको वडा नम्बर ३ मा पहिलोपटक गाउँमै प्रसूती सेवाको उद्घाटन भए पछि सो क्षेत्रका स्थानीय महिला खुसी देखिएका छन्।गाउँमा प्रसूति सेवा नहुदा यस अघि मेलुङ घ्याङका महिलाहरुलाई सुत्केरी गराउन घण्टौ लगाएर टाढा पुर्याउनु पर्ने समस्यको समाधान भएको मेलुङ गाउँपालिका ३ कि  महिला सुनिता श्रेष्ठले बताइन्।उनले यस अघि घण्टा लगाएर टाढाको प्रसूति सेन्ट पुग्नु परेको थियो अहिले गाउँमै २४ घन्टे प्रसूति सेवा बिस्तार भएकाले आफू लगायत सिङ्गो गाउँका महिला लाभान्वित हुने बताइन्।मेलुङ गाउँपालिकाले अघिल्लो वर्षको नितितथा कार्यक्रम बाट सात लाख बजेट विनियोजन गरेको थियो। ३ नम्बर वडाको दुई ठाउँ स्वास्थ्य सेवा  संचालन गर्ने तयारी गरेकोमा कोरोना भाइरसको कारण रोकिएको काम सम्पन्न गर्दै बुधबार गाउँमै प्रसूति सेवा र सामुदायिक स्वास्थ्य ईकाइको उद्घाटन गरिएको हो।गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले एक कार्यक्रम बीच महिलाहरुको उपस्थितिमा दुबै सेवा बिस्तार गरिएको जानकारी गराएका हुन्।कार्यक्रम मेलुङ ३ का वडा अध्यक्ष हिरा थोकरको अध्यक्षतामा गाउँपालिका अध्यक्षले सेवाको उद्घाटन गरेको वडा अध्यक्ष थोकरले जानकारी दिए।गाउँमै सामाजिक स्वास्थ्य इकाई विस्तार भएपछि अस्पताल धाइरहेका स्थानीय नागरिकले अब छोटो समयमै सानोतिनो रोग बाट पीडित बन्नु पर्ने समस्य समाधान हुने वडा अध्यक्ष हिरा थोकरले बताए।भन्ज्याङ र मानेका करिब १५ सय महिलाले अब सुत्केरी हुन गाउँपालिकाको वडा न।५र६ तथा सदरमुकाम चरिकोट पुग्नुपर्ने समस्य हलहुने बताए।यस अघि त्यस क्षेत्रमा यी दुई सेवा नहुदा सामान्य उपचार गराउन पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो।


प्रतिक्रिया दिनुहोस