सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध १३ वटा रिट, सुनुवाइ भोलि



प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि सर्वोच्च अदालतमा रिटको ओइरो लागेको छ ।

संसद् विघटनको विरुद्धमा साेमबार ११ वटा रिट दर्ता भएकोमा मङ्गलबार थप दुई वटा थपिएसँगै १३ वटा रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो । रिटमाथि भोली सुनुवाइ हुने उहाँको भनाइ छ ।

संसद् विघटन भएयता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै पनि छुट्टाछुट्टै बैठक बस्ने क्रम बढेसँगै पार्टी फुटकाे सङ्घारमा पुगेकाे  छ ।


प्रतिक्रिया दिनुहोस